८ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025

खिजीदेम्बामा विद्यार्थी भर्ना अभिमुखिकरण



ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका ९, पात्लेस्थित शिवालय माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियान अन्तर्गत विभिन्न कार्यक्रम शुरु भएको हो । शैक्षिक सत्र २०८० विद्यार्थी भर्ना अभियान अन्तर्गत गाउँपालिकाको समन्वयमा विभिन्न कार्यक्रम शुरु भएको हो ।
समयमै भर्ना, समयमै ज्ञानः गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने आदर्श नाराका साथ खिजीदेम्बा गाउँपालिका, ओखलढुंगा सामुदायिक अस्पताल, समुदायमा आधारित पुनः स्थापना कार्यक्रम, रेस्क्यू नेपाल लगायतले अभिभावक सचेतिकरण तथा अभिमुखिकरण कार्यक्रम आयोजना भएको प्रधानाध्यापक देवीचरण नेपालले जानकारी दिनुभयाो ।
फिडा इन्टरनेश्नलको आर्थिक सहयोगमा खिजीदेम्बा गाउँपालिकामा सञ्चालित रेस्क्यू नेपालको विशेष पहलमा अन्तक्र्रियात्मक अभिमुखिकरण कार्यक्रम सञ्चालन भएको शिक्षक लाक्पा शेर्पाको भनाइ छ । विद्यालयमा कक्षा १ देखि ९ सम्म भर्ना सञ्चालन भइरहेको र यसलाई थप प्रभावकारी बनाउन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । अभिमुखिकरणमा शिक्षक, अभिभावक, विद्यार्थी र संस्थाका प्रतिनिधिहरु सहभागि रहेको जनाइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १ : २७ बजे