६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

ज्यामिरेका २२ जना किसान सम्मानित



ओखलढुंगा ( रेडियो ओखलढुंगा )सिद्धिचरण नगरपालिका–९ ज्यामिरेका उत्कृष्ट किसान सम्मानित भएका छन । नगरपालिकाले वडा भित्रका विभिन्न विधाका २२ जना किसानलाई नगद २५ सय सहित सम्मान गरेको हो । विगत देखी नै निरन्तर खेती गदै आएका किसानहरुलाई नगद २५ सय, प्रमानपत्र र दोसल्ला ओडाएर कृषकहरुलाई सम्मान गरीएको वडा अध्यक्ष गुण बहादुर खड्काले बताउनुभयो । विभिन्न विधा अन्तर्गत फलफूल, पशुपालान, अन्नबाली साथै व्यवसायिक तरकारी खेती गर्ने उत्कृष्ट किसानलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको अध्यक्ष खड्काको भनाई छ । फलफुल खेतीमा अन्र्तगत जिवान वाग्ले र राम कुमार श्रेष्ठ ,तरकारी खेतीमा, इन्द्र नारायण श्रेष्ठ तेजनारायण श्रेष्ठ , टीका माया खड्का र तेज नारायण श्रेष्ठ सम्मानित हुनुभएको छ , बाख्रा पालन तर्फ टंक बहादुर बानियाँ र कुमार खड्का, धान खेतीमा तर्फ सन्त नारायण श्रेष्ठ, गोपाल थापा मगर , टेक बहादुर खड्का र डिक बहादुर खड्का भैंसी पालन अन्तर्गत , गोमा लक्ष्मि श्रेष्ठ, गंगा बहादुर खड्का ख्याम नारायण श्रेष्ठ , केन्द्र बहादुर खड्का र केदार खड्का
कोदो मकै अन्तर्गत रेवत नारायण श्रेष्ठ , मेख बहादुर खड्का , खम्ब बहादुर मगर, लोक बहादुर बानियाँ
र नेत्र बहादुर खड्का सम्मानित हुनुभएको छ ।
सम्मानित कृषकहरुलाई सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेत, प्रमुख प्रशासकीय अधिकृत बलराम लम्साल र वडा अध्यक्ष खड्का लगायतले नगद, दोसल्ला साथै सम्मान गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ३ : ०९ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित