ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

केन्द्र स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा ओखलढुंगाबाट ४ खेलाडी सहभागि हुँदै

  • प्रकाशित मिति: १४-बैशाख-२०८० ४:२३
  • रेडियो ओखलढुंगा
केन्द्र स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा ओखलढुंगाबाट ४ खेलाडी सहभागि हुँदै

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाबाट दुई विधाका ४ खेलाडी १३ औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि हुँदैछन् । जिल्लाबाट प्रदेश स्तरमा सहभागी ८० खेलाडी मध्येबाट कबडी र भलिबल छात्र र छात्रा दुवैतर्फ गरी ४ जना खेलाडी केन्द्र स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सहभागि हुने भएका हुन् । सहभागि हुनेहरुमा कबडी महिलातर्फ सिद्धिचरण नगरपालिका वडा नं. ३ की आरती राई र पुरुषतर्फ सिनपा ९ का खेमराज गुरुङ रहेको जिल्ला खेलकुद विकास समिती ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी पुरुष भलिबलतर्फ मोलुङ गाउँपालिकाका अर्जुन तामाङ र महिलातर्फ सिनपा ६, जन्तरखानीकी याङ्किला (च्यामु) शेर्पा रहेका छन् । No description available. उनीहरुले कोशी प्रदेश स्तरको टिमबाट राष्ट्रिय प्रतियोगिता खेल्ने कार्यालय प्रमुख बालकुमार खनालले जानकारी दिनुभयो । प्रतियोगिता भोली बैशाख १५ गतेबाट काठमाण्डौँस्थित दशरथ रंगशाला तथा विभिन्न कबर्डहलहरुमा सञ्चालन हुँदैछ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top