ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

मुख्यमन्त्री कपका लागि जिल्ला छनौट गरीदै: फारम भर्न अनुरोध

  • प्रकाशित मिति: १५-बैशाख-२०८० ४:०९
  • रेडियो ओखलढुंगा
मुख्यमन्त्री कपका लागि जिल्ला छनौट गरीदै: फारम भर्न अनुरोध

ओखलढुंगा (रेडियो ओखलढुंगा) । मुख्यमन्त्री कप फुटबल प्रतियोगिताका लागि जिल्ला छनौट खेल सञ्चालन हुने भएको छ । जेठ १ गतेबाट ओखलढुंगामा सञ्चालन हुने कोशी प्रदेश स्तरीय मुख्यमन्त्रीकप फुटबल प्रतियोगिताको लागि जिल्ला टिम तयार गर्न छनौट प्रतियोगिता सञ्चालन हुने भएको हो । छनौटमा सहभागिताको लागि बैशाख २० गते सम्म फारम भर्न भनिएको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो । ओखलढुंगा जिल्लाभित्रका फुटबल खेलिरहेका खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन् । फारम जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको कार्यालयमा (कार्यालय समयभित्र) वा सिद्धिचरण नगरपालिका वडा नं. ११ रामबजारस्थित बंगलामुखी फोटोस्टुडियो र अष्टमातृका फोटोस्टुडियोमा उपलब्ध हुने जिखेविस ओखलढुंगाका कार्यालय प्रमुख बालकुमार खनालले जानकारी दिनुभयो । मुख्यमन्त्रीकप फुटबल प्रतियोगिताका लागि अहिले सिद्धिचरण १२ स्थित स्थानीय खेलमैदानलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को मापदण्डअनुसार निर्माण गर्ने कार्य भैहरको छ । खेलमैदान निर्माण सम्पन्न पश्चात जिल्ला छनौट गरीने जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top