८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अपाङ्ग व्यक्तिहरुलाई राज्यबाट फरक रुपमा हेरिनुपर्ने सरोकारवालाहरुको जोड



ओखलढुंगा (रेडियो ओखलढुंगा) । अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यबाट फरक रुपमा हेरिनुपर्ने सरोकारवालाहरुले बताएका छन् । समावेशी विकासका लागि विकालाङ्ग मञ्च (फोडिड) नेपाल जिल्ला कार्यसमिति ओखलढुंगाको तेस्रो अधिवेशन तथा साधारसभाको उद्घाटन सत्रमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
अपाङ्गता भएका व्यक्ति अरु साङ्ग सो सरह जीवनयापन गर्न असहज हुने भएकाले अरु सरह जीवन गुजारा गर्न राज्यले फरक रुपमा हेरिनुपर्ने सिद्धिचरण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले बताउनुभयो । कार्यविधिमा भएका प्रावधान स्पष्ट नभएको बताउदै उनीहरुको हकमा केही कानुन संसोधन गरी राज्यबाट समानान्तर ढङ्गले हेरिनुपर्ने अधिकृत लम्सालको भनाई छ ।

No description available.

राज्यले दिएको अधिकार लिन अपाङ्गहरु एक र एउटै आवाज हुनुपर्ने जिल्ला समन्वय समिति उपप्रमुख तारा कार्कीको भनाई छ । उनीहरुलाई हिडडुल गर्न, शिक्षा लिन, खान, बस्न शारिरीक रुपमा असहज हुने बताउँदै उपप्रमुख कार्कीले आर्थिक क्षेत्रमा अझ ठूलो समस्या भएकाले यसका लागि आफूहरुको समन्वय रहने बताउनुभयो ।

No description available.

जिल्लाको कुल जनसङ्ख्या मध्ये ३.०५ प्रतिशत अपाङ्गता भएका व्यक्तिहरु छन् । फोडिड नेपालले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरु कार्यसमितिमा समेटेपनि भौगोलिक हिसाबले विकट, अरु सो सरह हिडडुल र जीवनयापन गर्न नसक्नु र स्रोतसाधनको अभावका कारण अपाङ्गहरु एकिकृत हुन नसकेको फोडिड नेपाल निवर्तमान जिल्ला अध्यक्ष गोपालमान थापाले बताउनुभयो ।

No description available.

पछिल्लो समय अपाङ्गता भएका व्यक्तिहरुले पनि अन्य सो सरह शिक्षा लिएका छन् भने खेलकुदका गतिविधि तथा विभिन्न कार्यक्रममा सहभागि भएको देखिन्छ । व्यक्ति अपाङ्गता भएतापनि उनीहरुमा फरक खालका क्षमता भएका हुन्छन् । त्यसकारण उनीहरुको क्षमता बुझेर राज्य तथा स्थानीय सरकारले सोही अनुरुप उनीहरुको व्यवस्थापनमा पहल गर्नुपर्ने देखिन्छ ।

No description available.

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : ०२ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित