ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

मुख्यमन्त्रीकप फुटबल प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापन समिति गठन

  • प्रकाशित मिति: २०-बैशाख-२०८० ३:११
  • रेडियो ओखलढुंगा
मुख्यमन्त्रीकप फुटबल प्रतियोगिता सञ्चालनका लागि व्यवस्थापन समिति गठन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । जेठ १ गतेबाट ओखलढुंगामा सञ्चालन हुने कोशी प्रदेश स्तरीय मुख्यमन्त्रीकप पुरुष फुटबल प्रतियोगिताका लागि व्यवस्थापन मूल समिति गठन गरिएको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगका अध्यक्ष प्रविन श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति गठन गरिएको हो । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको समन्वयमा सदरमुकामस्थित वडा नं. १२ को स्थानीय खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि बुधबार गरिएको जिल्लास्थित सरोकारवालाहरुसँगको भेलाबाट व्यवस्थापन मूल समिति गठन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यसमितिमा खेलकुद सहित होटल व्यवसायी, उद्योग वाणिज्य संघ, स्वास्थ्य, प्रशासन, प्रहरी, सुरक्षाकर्मी, स्थानीय तह, स्थानीय गुठी तथा युवा क्लव, पत्रकार समेटिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । मूल समितिबाट उपसमिति गठन गरी प्रतियोगिता सञ्चालनका कार्यहरु बाँडफाड गर्ने जनाएको छ । प्रतियोगितामा कोशी प्रदेशबाट १४ ओटै जिल्लाका खेलाडी, टिम व्यवस्थापक र टिम कोच गरी अनुमानित ३ सय ८ जनाको सहभागिता रहने जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की आउने बुझिएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top