ब्रेकिङ न्युज

दुई समाजसेवी शेर्पा द्वारा शेर्पा संघ ओखलढुंगालाई जग्गा दान   |  आँखा केन्द्र ओखलढुंगामा दूर चिकित्सा यन्त्र सूचारु   |  ज्यामिरेमा जेष्ठ नागरीक, अशक्त र स्वयम सेविकाहरुलाई सम्मान   |  दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  

Single Image

‘मेरो प्यारो ओखलढुंगा’ कविता सेनाद्धारा होर्डिङ बोर्डमा स्थापना

  • प्रकाशित मिति: २८-बैशाख-२०८० ३:१७
  • रेडियो ओखलढुंगा
‘मेरो प्यारो ओखलढुंगा’ कविता सेनाद्धारा होर्डिङ बोर्डमा स्थापना

ओखलढुंगा (रेडियो ओखलढुंगा) । नेपाली सेना अरिदमन गण ओखलढुंगाले सिद्धिचरण पार्कमा होर्डिङ बोर्ड स्थापना गरी श्रष्टा सम्मेलन गरेको छ । युगकवि सिद्धचरण श्रेष्ठको स्मरणमा सिद्धिचरण पार्कमा श्रेष्ठद्धारा लिखित ‘मेरो प्यारो ओखलढुंगा’ चर्चित कवितालाई होर्डिङ बोर्डमा स्थापना गरी श्रष्टा सम्मेलन तथा सम्मान कार्याक्रम गरेको हो । होर्डिङ बोर्ड स्थापना तथा श्रष्टा सम्मेलन कार्यक्रममा कविता वाचन र स्थानीय तीन जना सर्जकहरुलाई सम्मान गरिएको थियो । साहित्य क्षेत्रमा योगदान पुर्याएका स्थानिय सर्जकहरु धनराम श्रेष्ठ, डा.भेषनाथ खनाल र पत्रकार तथा साहित्य सर्जक कुम्भराज राईलाई सम्मानपत्रले सम्मान गरेको हो । नेपाली साहित्य क्षेत्रमा ओखलढुंगाले जन्माएको महान हस्तिहरु युगकवि सिद्धिचरण श्रेष्ठ, नेपालकै पहिलो महिला गायिका मेलवादेवी, लोकगायक पाण्डव सुनुवार, राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माईला) जस्ता श्रष्टाको प्रशंसा गर्दै बताउँदै गणपति ईमेश मेहलर श्रेष्ठले उक्त ईतिहास र परम्पराको जगेर्ना गर्ने सिद्धिचरण पार्कको आकर्षण बढाउने संरचना निर्माण गर्नुका साथै रुम्जाटारमा ऐतिहासिक संग्राहलय निर्माण गरेको बताउनुभयो । गण अहिले झापा जिल्लाको चारआलीमा स्थान्तरण भएको र जिल्लामा नेपाली सेनाको दुर्गा बक्स गण आएको कुरा बताउनुहुँदै गणपति श्रेष्ठले यहाँ रहँदा स्थानीय जनताको सुरक्षा, विपद व्यवस्थापन, कला संस्कृतिको जगेर्नाको विकास तथा संरक्षणमा आफुहरुले ईटा थप्ने कार्य गरेको बताउदै यसलाई निरन्तरता दिन सबै नागरिकमा अनुरोध गर्नुभएको छ । No description available. कार्यक्रमका प्रमुख अतिथि तथा सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले नगरको पर्यटन क्षेत्र विकासका लागि नेपाली सेनाले महत्वपुर्ण भुमिका खेलेको बताउँदै यसले पर्यटन प्रवद्र्धको लागी नगरपालिकाको योजनामा थप सहयोग पुगेको बताउनुभएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी, जिल्लास्थित संघसंस्थामा प्रमुख तथा प्रतिनिधी, श्रष्टा तथा सर्जकहरु, नेपाली सेनाका टोली, पत्रकार तथा सञ्चारकमीहरुको उपस्थिति रहेको थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top