६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

ओखलढुंगाका ४० स्वास्थ्यकर्मीले लिए मानसिक स्वास्थ्य सम्बन्धि तालिम



ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाका ४० जना स्वास्थ्यकर्मीहरुलाई पाँच दिने मानसिक स्वास्थ्य सम्बन्धि तालिम प्रदान गरिएको छ । स्वास्थ्य कार्यालय रुम्जाटार ओखलढुंगाकोे आयोजना तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी) को प्राविधिक सहयोगमा जिल्लाका ४० जना स्वास्थ्यकर्मीहरुलाई पाँच दिनको मानसिक स्वास्थ्य समस्या सम्बन्धि तालिम प्रदान गरिएको हो ।
तालिममा डाक्टर, मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट र अहेब गरी जिल्लाको ८ ओटै स्थानीय तहबाट ४÷४ जना स्वास्थ्यकर्मी र जिल्लास्थित अस्पतालका स्वास्थ्यकर्मीको सहभागिता रहेको स्वास्थ्य कार्यालय प्रमुख अहमद मन्सुरले जानकारी दिनुभयो । स्वास्थ्यकर्मीलाई वरिष्ठ मनोचिकित्सक प्राध्यापक डाक्टर विद्यादेव शर्माले मानसिक समस्या भएका व्यक्तिहरु पहिचान गरी उनीहरुको उद्धार, परामर्श र औषधिउपाचार सम्बन्धि तालिम प्रदान गर्नुभएको प्रमुख मन्सुरले बताउनुभयो ।

May be an image of 8 people, people studying and table

पाँच दिनको तालिमबाट स्वास्थ्यकर्मीहरुले मानसिक समस्या भएका विरामिलाई पहिचान गर्न, उद्धार तथा उपचार र उनीहरुको सहजिकरण गर्न सहज भएको बताउँदै, यस्ता तालिम जिल्लाका सबै स्वास्थ्यकर्मीहरुलाई दिनुपर्ने प्रतिक्रिया दिएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ४, रुम्जाटारमा विहिबार सम्पन्न तालिम बैशाख २४ गते आईतबारबाट सुरु भएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८०, शुक्रबार  २ : ३५ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित