ओखलढुंगा (रेडियो ओखलढुंगा) । जेठ १ गते भोलीबाट ओखलढुंगामा हुने भनिएको मुख्यमन्त्रीकप फुटबल प्रतियोगिता स्थगित भएको छ । प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको समन्वयमा भोलीबाट ओखलढुंगाको सदरमुकाम वडा नं. १२ स्थित स्थानीय खेलमैदानमा सञ्चालन हुने भनिएको कोशी प्रदेश स्तरीय मुख्यमन्त्रीकप फुटबल प्रतियोगिता स्थगित भएको हो । आईतबार जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले एक सूचना जारी गर्दै प्रदेश खेलकुद विकास बोर्डको प्रभु बैँक लिमिटेड तिनपैने शाखा विराटनगरमा रहेको बैक खाता रोक्का भएको हुँदा तोकिएको मितिमा कुनैपनि कार्यक्रम सञ्चालन नहुने जानकारी गराएको छ । बोर्डको पत्रानुसार सामाजिक विकास मन्त्रालय कोशी प्रदेशद्धारा कुनै कारण नखुलाई बोर्डको खाता रोक्का गरेको बुझिएको छ । यसभन्दा अघि प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले झापामा सम्पन्न मुख्यमन्त्रीकप भलिबल प्रतियोगितामा प्रदेशको नाम कोशी नराखी कार्यक्रम सञ्चालन गरेको भन्दै सामाजिक विकास मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । मन्त्रालयले स्पष्टिकरण सहित सदस्य सचिव वाग्लेको आर्थिक कारोबार सञ्चान नहुने गरी खाता रोक्का गर्न बैंकलाई पत्राचार गरेको थियो ।
कमेन्ट गर्नुहोस
Comment Section