ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन

  • प्रकाशित मिति: ०३-जेठ-२०८० ४:३२
  • रेडियो ओखलढुंगा
ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । नेपाल वादोरीयो कराते डो जिल्ला शाखा ओखलढुंगाको अध्यक्षमा विनय खनाल चयन हुनुभएको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठको प्रमुख आतिथ्यतामा सदरमुकामस्थित जेठ २ गते भएको भेलाबाट खनालको अध्यक्षतामा ९ सदस्यी कार्यसमिति चयन गरिएको हो । डोको उपाध्यक्षमा धनकाजी श्रेष्ठ, सचिव चेतनारायण लम्साल, कोषाध्यक्ष संगिता अधिकारी र सह–सचिव राजन पोखरेल छन् । त्यसैगरी सदस्यहरुमा स्वस्तिका पराजुली, दिनेश बस्नेत, सुमन दाहाल र लक्ष्मि बाँनिया रहेको नवनिर्वाचित सचिव लम्सालले जानकारी दिनुभयो । भेलाले प्रदेश प्रतिनिधीका रुपमा खुरहरी दाहाल, विनय खनाल र चेतनाराण लम्साललाई छनौट गरेको छ । जिल्लामा वादोरीयो कराते डो पहिलो पटक गठन गरिएको हो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top