ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

गुम्बामा आगलागी लाखौं क्षति

  • प्रकाशित मिति: ०४-जेठ-२०८० ११:४७
  • रेडियो ओखलढुंगा
गुम्बामा आगलागी लाखौं क्षति

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको खिजीदेम्बामा ङोडुप छोलिङ गुम्बामा आगलागी हुँदा लाखौको बराबरको क्षति भएको छ । खिजीदेम्बा गाउँपालिका वडा नं २ बौद्धस्थित ङोडुप छोलिङ गुम्बामा बुधबार राति अगालागी हुदा ३२ लाख बराबरको क्षति भएको हो । आगलागीबाट गुम्बा पूर्णरुपमा जलेर नस्ट भएको र गुम्ब भित्र रहको बौद्धधर्मसँग सम्बन्धित सामाग्री, लत्ता कपडा, ग्रन्थ, मूर्ति, पूजाको लागी प्रयोग गरिने समाग्री जलि नष्ट भएको जिल्ला प्रहरि कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । आगलागी हुनुको कारण नखुुलेपनि गुम्बामा बालिएको दियोबाट घटना घटेको हुन सक्ने खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।  


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top