ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति: ०४-जेठ-२०८० ३:४०
  • रेडियो ओखलढुंगा
विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न

ओखलढुंगा (रेडियो ओखलढुंगा) प्रकोप जोखिम क्षेत्रको नक्साङ्न तथा विकास निर्माण कार्यबाट हुने संभावित विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा ओखलढुंगामा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालयमा भएको अन्तक्रियामा प्रकोप जोखिमका सम्वन्धमा तीनै तहले खेल्नुपर्ने भूमिकाबारेमा छलफल भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी सन्ध्या सिग्देलले जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश विपद् व्यवस्थापन समितिका सदस्य रामप्रसाद दाहाल लगायतले सहजिकरण गर्नुभएको जनाइएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top