ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान

  • प्रकाशित मिति: ०७-जेठ-२०८० ४:५५
  • रेडियो ओखलढुंगा
अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान

ओखलढुंगा (रेडियो ओखलढुंगा) । सुनकोशी गाँउपालिका, ओखलढुंगाका अध्यक्ष कमल तामाङले एक वर्षको सुविधा वापत प्राप्त रकम विद्यालयलाई प्रदान गर्ने भएको छ । शनिवार गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले एक बर्षको सेवासुविधा बापतको रकम विद्यालयलाई प्रदान गर्ने घोषणा गर्नुभएको हो । आफूले मासिक रुपमा ४४ हजार बराबरको सेवा सुबिधा पाउदै आएकोमा सवारी प्रयोग गरेवापत १० हजार कट्टी हुने र बाँकी हुन आएको रकमबाट गाउँपालिकाभित्रका ४ वटा विद्यालयलाई फर्निचर निर्माणमा सहयोग गर्ने भएको जनाइएको छ । मासिक ३४ हजारका दरले १२ महिनाको ४ लाख ८ हजारलाई चारओटा विद्यालयलाई प्रति विद्यालय बराबर १ लाख २ हजारको दरले हस्तान्तरण गर्ने घोषणा गर्दै अध्यक्ष तामाङले उक्त रकमबाट विद्यालयहरुमा फर्निचर लगायतका भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । फर्निचर निर्माणका लागि बजेट प्राप्त गर्ने विद्यालयहरुमा कालिका मावि कोषभञ्ज्याङ्ग, कालिका आवि मूलखर्क, कुशादेवी मावि कटुञ्जे र जगत जननी मावि मानेडाँडा छन् । अध्यक्ष तामाङले आफूले पाँच बर्षे कार्यकालमा गाउँपालिकाको सेवासुविधा नलिने घोषणा अनुरुप बाँकी ४ बर्षभित्र प्राप्त गर्ने सुविधालाई समेत बाँकी वडाका विद्यालयमा क्रमिक रुपमा सहयोग गर्दै जाने बताउनुभयो । राजनीति सेवा भएको उल्लेख गर्दै अध्यक्ष तामाङले समाज रुपान्तरण र आफ्नो भिजनलाई लागू गर्न स्थानीय सरकारको सुविधा उपभोग नगर्ने बताउनुभयो । सो अवसरमा अध्यक्ष तामाङले शिक्षा क्षेत्रमा सुधारका लागि कम विद्यार्थी संख्या भएका विद्यालयहरुलाई नजिकैको विद्यालयमा संयोजक गरेर शिक्षकको व्यबस्थापन गरेको समेत बताउनुभयो । अध्यक्ष तामाङले आफ्नो कार्यकालको पहिलो वर्षमा फजुल खर्चमा कटौती गर्दै मिताव्यायिता आपनाउने प्रयास गरेको र त्यो सफल भएको दाबी गर्नुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top