ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

विव्यस अध्यक्षमा सृजना सुनुवार

  • प्रकाशित मिति: ०७-जेठ-२०८० ७:१२
  • रेडियो ओखलढुंगा
विव्यस अध्यक्षमा सृजना सुनुवार

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको सुनकोशी गाउँपालिका वडा नं. ९ स्थित चम्पादेबी आधारभूत विद्यालयको नयाँ व्यवस्थापन समिति गठन भएको छ । अभिभावक सृजना सुनुवारको अध्यक्षतामा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको हो । जेठ ५ भएको अभिभावक भेलाले सुनुवारको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको वडा अध्यक्ष हितराज कार्कीले जानकारी दिनुभयो । नवनिर्वाचित व्यवस्थापन समितिको सदस्यहरुमा हितराज कार्की, नर बहादुर सुनुवार, मान बहादुर तामाङ, पेमा तामाङ, साङ्जी तामाङ, नीरमाया तामाङ रहनुभएको छ । त्यस्तै, शिक्षक प्रतिनिधीमा नवराज धमला र सदस्य सचिवमा प्रधानाध्यापक पशेल पेशल कुमार कार्की रहनुभएको जनाइएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top