ब्रेकिङ न्युज

ज्यामिरेमा जेष्ठ नागरीक, अशक्त र स्वयम सेविकाहरुलाई सम्मान   |  दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  

Single Image

लक्षीमायालाई न्याय दिन सफल भयौंः संयोजक अधिकारी

  • प्रकाशित मिति: ०७-जेठ-२०८० ७:२२
  • रेडियो ओखलढुंगा
लक्षीमायालाई न्याय दिन सफल भयौंः संयोजक अधिकारी

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको सुनकोशी गाउँपालिकाकी अपांगता भएकी एक महिलाले २५ बर्षपछि न्याय पाएकी छन् । ३५ बर्षीय लक्षीमाया तामाङले २५ बर्षपछि बुबाको नामबाट अंश पाउने भएकी हुन् । सुनकोशी गाउँपालिका न्यायिक समितिमा परेको उजूरीलाई फच्र्यौट गर्ने क्रममा लक्षीमायाले बुबाबाट अंश पाउने गरी मुद्धा फैसला भएको न्यायिक समितिका संयोजक सुनिता अधिकारीले जानकारी दिनुभयो । दुई वटा श्रीमती विवाह गरेका बुबाबाट १० बर्षको उमेरदेखि अलग वस्दै आएकी लक्षीमायाले लामो समयदेखि अंशका लागि विभिन्न निकायमा धाएपनि न्याय पाउन नसकेपछि स्थानीय न्यायिक समितिमा निवेदन दिनुभएको थियो । न्यायिक समितिको सचिवालयले लक्षीमायालाई बुबाको नामबाट ८ रोपनी जग्गा दिलाउने निर्णय गरेको संयोजक अधिकारीको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ को १ र २ बमोजिम लक्षीमायालाई बुबाबाट ८ रोपनी जग्गा अंश पाउने निर्णय भएको र यसबाट स्थानीय सरकार, जनप्रतिनिधीले खेल्नुपर्ने भूमिका सफल भएको अनुभूति गर्न पाएको लक्षीमायाको भनाइ छ । अधिवक्ता गुरुबहादुर वस्नेतको सहजिकरणमा न्यायिक समितिले एकै दिन ३ वटा मुद्धाहरु फच्र्यौट गरेको थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top