७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

५० शैय्याको छात्रावास बन्ने



ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा ९ मा ५० शैय्याको छात्रावास निर्माण हुने भएको हो । ओखलढुंगा नौ डाँडा संस्थाले यहाँको शिवालय माध्यमिक विद्यालयमा छात्रावास निर्माण गर्न लागेको हो ।

May be an image of 13 people
५० जना विद्यार्थीहरुलाई वस्ने, खाने समेतको व्यवस्थापन हुने गरी छात्रावास निर्माण गर्न हुने संस्थाका कोषाध्यक्ष मिङमार दावा शेर्पाले जानकारी दिनुभयो । छात्रावास निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइ घडेरी सम्याउने कामसमेत सम्पन्न भएको जनाइएको छ ।

May be an image of 2 people
संस्थाका संस्थापक अध्यक्ष ङिमा शेर्पा, दातृ निकायका प्रतिनिधी मरिजिला फैजा, जग्गादाता ङावाङ सम्तेन शेर्पा, वडा सदस्य ङाङ चेम्बा शेर्पाले विद्यालयमा आयोजित एक समरोहकवीच छात्रावासको शिलान्यस गर्नुभएको थियो । त्यस्तै, विद्यालयका शेर्पा भाषा शिक्षक खेन्पो पासाङ शेर्पा लगायत लामा गुरुहरुले बौद्ध परम्परा अनुसार सलोङ (भूमि माग्ने) पूजा र मंगलपाठ गर्नुभएको प्रधानाध्यापक देवीचरण नेपालले जानकारी दिनुभयो ।

May be an image of 5 people
वडाभित्रको एउटा मात्रै माध्यमिक विद्यालय भएको २ देखि ३ घण्टा हिडेर उच्च शिक्षा पढ्न आउनुपर्ने वाध्यतालाई ध्यानमा राख्दै छात्रावास निर्माण गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिनुभयो । छात्रावास निर्माण गर्न ५० लाख रुपैयाँ लाग्ने प्रारम्मिक प्राविधिक लागत अनुमान छ ।

May be an image of 5 people

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  ३ : ४३ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित