ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

छेर्मादिङमा स्वास्थ्य केन्द्र सञ्चालन

  • प्रकाशित मिति: ११-जेठ-२०८० ३:५६
  • रेडियो ओखलढुंगा
छेर्मादिङमा स्वास्थ्य केन्द्र सञ्चालन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा ९छेर्मादिङमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । ओखलढुंगा नौ डाँडा संस्थाद्धारा निर्मित दाली शेर्पा स्मृती स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो । क्यानडियन संस्था डट्स लुप्सको आर्थिक सहयोगमा निर्माण भएको स्वास्थ्य केन्द्रको एक समारोहकावीच संस्थापक अध्यक्ष निमा शेर्पा र दातृनिकायका प्रतिनिधी मरिन्जिला फैजाले उद्घाटन गर्नुभयो । May be an image of 8 people साधारण स्वास्थ्य सेवा प्रदान गर्ने गरी सञ्चालनमा आएको स्वास्थ्य केन्द्रबाट सरकारी स्वास्थ्य केन्द्रबाट प्राप्त गर्ने सेवासँगै अन्य विशेषज्ञ सेवा समेत प्रदान गर्ने वडा सदस्य ङाङचेम्बा शेर्पाले जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा अक्सिजन, प्राथमिक उपचार, इसिजी, फर्मेसी सेवा प्रदान गर्ने जनाइएको छ । त्यस्तै, विशेषज्ञ डाक्टरको सल्लाह अनुसारको औषधी समेत वितरण गर्ने अनमी माया शेर्पाले जानकारी दिनुभयो । संस्थाले लामो समयदेखि सिद्धिचरण नगरपालिका वडा नं. ६ जन्तरखानीमा स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको छ । त्यस्तै, घुम्ती स्वास्थ्य सेवा समेत नियमित रुपमा सञ्चालन गर्दै आएको कोषाध्यक्ष मिङमार दावा शेर्पाले जानकारी दिनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top