ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

खेलकुदमा सिद्धिचरण नगरपालिका

  • प्रकाशित मिति: १३-जेठ-२०८० १०:५१
  • रेडियो ओखलढुंगा
खेलकुदमा सिद्धिचरण नगरपालिका

प्रमिला श्रेष्ठ, १३ जेठ २०८० ओखलढुंगा (रेडियो ओखलढुंगा) । कोरोना भाईरस (कोभिड १९) का कारण झण्डै २ वर्ष (२०७७÷०७८) मा देशैभर ठप्प खेलकुद गतिविधी २०७९ सालबाट पूर्णरुपमा सञ्चालनमा आयो । यो सँगै ओखलढुंगा जिल्लामा सम्पूर्ण खेलकुदका गतिविधी सञ्चालनमा आएका छन् । जिल्लामा खेलकुदका गतिविधी बढ्दै गर्दा सिद्धिचरण नगरपालिकाले पनि सक्रियता देखाएको छ । नगरपालिका भित्र सञ्चालन हुने विभिन्न खेलकुद गतिविधीमा आवश्यक सामाग्री, आर्थिक, भौतिक सहयोग मात्रै हैन बाहिरी तथा पालिकाबाट सहभागी हुन जाने खेलाडीलाई सहयोग तथा उत्कृष्ट भएर आउने खेलाडीहरुलाई नगद सहित सम्मान समेत गरेको हो । नगरपालिकाले ९ लाख रुपैयाँ खर्चेर २०७९ को नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भर्खरै सम्पन्न गरेको छ । माघ २१ गते संखुवासभामा सम्पन्न तेस्रो रेजिना कप भलिबल प्रतियोगीताको उपाधी विजेता ओखलढुंगाका भलिबल समूहलाई जनही ५ हजारका दरले नगदसहित सम्मान गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख फणिन्द्र कट्वालले जानकारी दिनुभयो । सायद ४ जना मानिसहरू  र उभिएका मानिसहरू को फोटो हुनसक्छ त्यसैगरी, जिल्लाकै चिसङ्खुगढी गाउँपालिकामा सम्पन्न अध्यक्षकप, खोटाङमा आयोजित दिप्रुम चुईचुम्मा गाउँपालिका अध्यक्षकप र झापामा सञ्चालन भएको मुख्यमन्त्रीकप भलिबल प्रतियोगितामा सहभागि हुन जाने नगरका खेलाडीहरुलाई यातायात, खाने, बस्नेको ब्यवस्था समेत गरेको शाखा प्रमुख कट्वालको भनाइ छ । नगरभित्र आयोजना हुने विभिन्न कार्यक्रममा पनि नगरपालिकाले आर्थिक, भौतिक सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले बताउनुभयो । जिल्लामै पहिलो पटक २०७९ माघ २० र २१ गते सदरमुकामस्थित बजारक्षेत्रमा जिल्ला साईकलिङ संघले सञ्चालन गरेको ‘डाउन हिल’ साईकलिङ प्रतियोगितामा नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेर खेलक्षेत्रमा योगदान पुर्याएको प्रमुख प्रशासकीय अधिकृत लम्सालको भनाइ छ । नगरको वडा नं. ६ जन्तरखानीमा जलदेवी समाजसेवी युवा क्लबको रजत जयन्तीको अवसरमा फागुन २५ बाट आयोजनामा गरेको ‘टेन–के’ जन्तरधाप म्याराथन प्रतियोगिता, रेडियो ओखलढुंगाको १७ औँ वार्षिकोत्सव २०८० बैशाख १ गते आयोजना गरिएको जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता लगायत नगरभित्र सञ्चालन हुने खेलकुद प्रतियोगितामा नगरले आर्थिक सहयोग र सहभागिता जनाएको जनाइएको छ । खेल क्षेत्रमा महिलाको सहभागिता बृद्धि गर्ने हेतुले माघ ६ बाट सदरमुकामस्थित खेल मैदानमा, युथ फाउन्डेसनको आयोजना तथा वडा नं. १२ को समन्वयमा सञ्चालन भएको मावि नगर स्तरीय छात्रा भलिबल प्रतियोगितामा वडा नं. १२ बाट आर्थिक सहयोग प्रदान गरिएको वडा अध्यक्ष उमंग श्रेष्ठले जानकारी दिनुभयो । “विभिन्न अध्यक्षकप तथा खेलकुदको क्षेत्रमा सहभागि हुन जाने खेलाडीहरुलाई हाम्रो क्षमताले भ्याएसम्म आवश्यक सहयोग र प्रोत्साहन गरिरहेका छौँ” नगरप्रमुख तेजेन खनाल तेजेन्द्रले भन्नुभयो, “खेलकुदका गतिविधिहरुमा स्वास्थ्य शाखाबाट कर्मचारी खटाएर औषधोपचार सहयोग समेत भईरहेको छ ।” सायद ४ जना मानिसहरू  र उभिएका मानिसहरू को फोटो हुनसक्छ नगरभित्र अहिले भलिबल, फुटबल, कबडी, व्याडमिन्टन, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, प्याराग्लाईडिङ, साईकलिङ, सेपाकताक्रोका खेलाडीहरु उल्लेख्य रहेको नगरको तथ्याङ छ । वडा हुँदै पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पुगेका खेलाडीहरु नगरभित्र उल्लेख्य भएतापनि उनीहरुको हकमा कुनै व्यवस्थापन गर्न नसकेको तितो सत्य स्वीकार्नु हुन्छ नगर उपप्रमुख केदारबाबु बस्नेत । No photo description available. खेलाडीहरुको व्यवस्थापनका लागि कार्यविधि निर्माण गरी आगामि योजनामा समेट्दै लैजाने लक्ष्य रहेको बताउनु हुँदै उपप्रमुख वस्नेतले भन्नुभयो “वडागत रुपमा बजेट विनियोजन गरिरहेको र आगामी दिनमा विद्यालयहरुमा खेल प्रशिक्षकको व्यवस्थापन गर्ने सोँच बनाईराखेका छौँ ।’ सायद ९ जना मानिसहरू, उभिएका मानिसहरू  र घरबाहिर को फोटो हुनसक्छ विद्यालस्तरबाट उत्पादन भएका खेलाडी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागि हुने गर्दछन् । उनीहरु जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म नै पुग्दछन् । जसको लागि विद्यालय स्तरमा खेलकुदलाई पनि अनिवार्य विषयमा समेटिनु पर्ने सरोकारवालाको भनाइ छ । यस वर्ष २०८० बाट शिक्षा तथा खेलकुद शाखाले शैक्षिक क्यालेन्डर नै निर्माण गरेर प्रत्येक वर्षको फागुन महिना ४ देखि ७ गतेसम्म नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने कार्यविधि तयार पारेको छ । अघिल्लो वर्षहरुमा रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्ने नगर्ने अन्यौल हुँदै गर्दा यस वर्ष बैशाख महिनाबाटै खेल हुने मिति तय भएकाले खेलाडीहरुमा हौसला मिलेको वडा नं. ५ का तेक्वान्दो खेलाडी टार्जन राईले बताउनुभयो । May be an image of 4 people राष्ट्रियस्तरका खेलकुद गतिविधि २०७९ सालको राष्ट्रपति रनिङ्ग शिल्ड र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सिद्धिचरण नगरपालिकाबाट तीन÷तीन जना खेलाडी राष्ट्रियस्तरमा सहभागि हुन सफल भएका छन् । २०८० बैशाख १५ देखि १७ सम्म काठमाडौंमा भएको केन्द्रस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा नगरपालिकाबाट कबडी र भलिबल खेलका तीन खेलाडीले सहभागिता जनाएका हुन् । सहभागि हुनेहरुमा कबडी महिलातर्फ आरती राई, पुरुषतर्फ खेमराज गुरुङ र भलिबल महिलातर्फ याङ्किला शेर्पा (च्यामु) रहेका छन् । कोशी प्रदेश स्तरीय समूहबाट राष्ट्रिय प्रतियोगिता खेलेका नगरका खेलाडीहरुले पुरुष कबडीबाट द्धितीय र महिला तृतीय स्थान हासिल गर्न सफल भएका शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख कट्वालले जानकारी दिनुभयो । उनीहरु बैशाख ११ देखि १३ गतेसम्म सुनसरी जिल्लाको ईटहरी रङ्गशालामा सम्पन्न कोशी प्रदेश खेलबाट छनौट भएका थिए । प्रतियोगितामा नगरपालिकाबाट ३१ जना खेलाडी सहभागि भएको थियो । No photo description available. २०७९ चैत्र २९ बाट २०८० बैशाख १ सम्म सञ्चालित जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भने नगरपालिकाले ३८ स्वर्ण, २१ रजत र ५ कास्य प्राप्त गरेर उपाधी विजेता बनेको थियो । खेलमा नगरबाट मार्सल आर्ट सहित ७० जना खेलाडी सहभागि थिए । यसैगरी २०७९ असोज २५ गतेदेखि गण्डकी प्रदेशको विभिन्न जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय प्रतियोगीतामा नगरबाट कराते, सुटिङ र प्याराग्लाईडिङ विधाका खेलाडी सहभागि बनेका थिए । सहभागि हुनेमा करातेबाट विनिता श्रेष्ठ, सुटिङतर्फ तारा राई र प्याराग्लाईडिङबाट लक्ष्मण शाक्य छन् । उनीहरु भाद्र २९ बाट कोशी प्रदेशको विभिन्न जिल्लामा सञ्चालन भएको प्रदेश स्तरीय छनौट खेलमा नगरबाट सहभागि ५३ जना खेलाडीमध्येबाट छनौटमा परेका थिए । नगरबाट सहभागि हुनेहरुमा पुरुष भलिबल २, पुरुष कबडी ६, महिला कबडी १, पुरुष फुटबल ८, कराते ५, तेक्वान्दो ८, एथ्लेटिक्स १२, टेबलटेनिस ६, बक्सिङ १, बुद्धिचाल १, प्याराग्लाईडिङ १, साईक्लिङ १ र सुटिङतर्फ १ जना सहभागि भएको जनाइएको छ । May be an image of 3 people खेलकुदका लागि बजेट र भौतिक पूर्वाधार चालु आर्थिक वर्ष २०७९÷८० मा सिद्धिचरण नगरपालिकाले खेलमैदान निर्माण तथा खेलकुद गतिविधिका लागि वडागत रुपमा बजेट विनियोजन गरेको छ । नगरभित्रका अधिकांश वडाले खेलकूद गतिविधिका लागि बजेट व्यवस्थापन गरेको हो । वडा नं. १ तलुवामा ४ लाख, वडा नं. २ ठूलाछापमा ३ लाख, वडा नं.३ अँधेरी नाराणस्थानमा २ लाख, वडा नं. ४ रुम्जाटारमा, १ लाख, वडा नं. ८ सल्लेरीमा खेलकुद कार्यक्रमको लागि ३ लाख र कवर्ड हलमा फलामे कार्यक्रमको लागि ४ लाख गरी ७ लाख बजेट विनियोजन गरेको नगर लेखा अधिकृत नरेश कट्वालले जानकारी दिनुभयो । त्यस्तै, खेलकुद कार्यक्रम र खेलमैदान निर्माणका लागि वडा नं. ९ ज्यामिरेमा ३ लाख, वडा नं. १० बेतेनीमा १ लाख र वडा नं. १२ मा १ लाख बजेट विनियोजन गरेको जनाइएको छ । वडा नं. ५ वर्णालु, वडा नं. ६ जन्तरखानी र वडा नं. ११ मा खेल क्षेत्रको लागि कुनै बजेट विनियोजन भएको छैन । No photo description available. वडा नं. ७ विगुटारमा भने नगरपालिका अन्तर्गतको १० लाख बजेट विनियोजन भएको वडा अध्यक्ष भलबहादुर कटवालले जानकारी दिनुभयो । विनियोजित बजेटबाट केही वडामा खेलकुदका गतिविधि सञ्चालन भैसकेको र केहीमा हुने चरणमा रहेको नगरपालिका सामाजिक विकास संयोजक तीर्थबहादुर घिमिरेले जानकारी दिनुभयो । आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटबाट भने खेलकुदलाई उच्च प्राथमिकताका दिई समानन्तर ढङ्गले अघि बढ्ने नगरप्रमुख तेजेन्द्र खनालको भनाई छ । यसैगरी, नगरपालिकामा एन्फाको मापदण्डअनुसार खेलमैदान निर्माण समेत यसै आर्थिक बर्षमा शुरु भएको जनाइएको छ । वडा नं. १२ स्थित सगरमाथा जनता माविसँगै रहेको खेलमैदान एन्फाको मापदण्डअनुसार निर्माण गरिएको हो । सायद १० जना मानिसहरू, उभिएका मानिसहरू  र घरबाहिर को फोटो हुनसक्छ नगरपालिकाले आर्थिक वर्ष २०७७÷७८ को ५ लाख बजेटबाट तेक्वान्दो, कराते र कबडी (ईन्डोर) खेलका लागि म्याट खरीद गरेका छन् । केही समयअघि हिउँदमा धुलाम्ये र बर्खामा हिलाम्मे, पहाडी क्षेत्रको ढुङ्गे खेलमैदानमा खेल्न बाध्य भएका खेलाडीहरुका लागि म्याट विछ्याएपछि सहज भएको जिल्ला तेक्वान्दो संघका अध्यक्ष विश्वराज राईले बताउनुभयो । स्थानीय तहले खेलाडीहरुको व्यवस्थापनमा ध्यान दिदै कवर्डहल स्थापना गर्न सके ईन्डोर खेलका लागि सहज हुने अध्यक्ष राईले भनाइ छ । May be an image of 4 people कवर्डहल निर्माण गर्न तत्काल स्थानीय सरकारसँग बजेट अभाव भएकाले प्रदेश सरकारसँग माग गरिरहेको नगरप्रमुख तेजेन्द्र खनालले जानकारी दिनुभयो । खेल क्षेत्रको दीगो विकासका लागि एक वडा एक खेलमैदान निर्माण गर्ने नगरको लक्ष्य रहेको नगरप्रमुख खनालको भनाइ छ । खेलकुद पनि अपरिहार्य विषय बनाएर विद्यालय शिक्षणमा राख्न, अभिभावकहरुलाई खेलकुदको महत्व बुझाउन सचेतामूलक कार्यक्रम र उचित खेल्ने स्थान, खेल समाग्री र खेलकुदका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने, पदक प्राप्त खेलाडीहरुलाई सम्मान र प्रोत्साहन मात्र नभएर उनीहरुलाई खेल क्षेत्रमा निरन्तर टिकाईराख्न रोजगारीको सृजना गर्नतर्फ समेत नगरको ध्यान जान जरुरी छ । May be an image of 2 people


प्रमिला श्रेष्ठ

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top