ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

कृषिलाई व्यवसायिकीकरण गर्न सिद्धिचरण नगरको जोड

  • प्रकाशित मिति: १३-जेठ-२०८० ११:०४
  • रेडियो ओखलढुंगा
कृषिलाई व्यवसायिकीकरण गर्न सिद्धिचरण नगरको जोड

१३ जेठ, २०८० रीता तामाङ ओखलढुंगा (रेडियो ओखलढुंगा) । नेपाल कृषि प्रधान देश हो । यहाँका अधिकाशं नागरिकहरु कृषि पेशामा आश्रित छन् । सोही अनुरुप ओखलढुंगाका धेरैजसो नागरिकले पनि कृषि पेशा अँगालेको पाईन्छ । कृषि, नेपालीहरुको पुख्र्याैली पेशा जस्तै भएपनि पछिल्लो समयप्रायः मानिसहरु कृषि पेशामा आकर्षित भएको देखिन्छ । जिल्लाका नागरिकहरु कृषि पेशामा आकर्षित हुँदै गर्दा सिद्धिचरण नगरपालिकाले कृषिमा व्यवसायीकरण र यान्त्रिकीकरण गर्दै एक वडा एक उत्पादनसँगै सम्भाव्य क्षेत्रहरूको पहिचान गरी पकेट क्षेत्रको विकास गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन् । No photo description available. नगरपालिकाभित्र उत्पादित वस्तुको बजारीकरणका लागि कृषि हाटबजार तथा संकलन केन्द्र समेत सञ्चालन गरिने नगर प्रमुख तेजन खनाल तेजेन्द्रले जानकारी दिनुभयो । नगरले नीति तथा कार्यक्रममा किसानको पहिचान गरी कृषक परिचयपत्र वितरण, व्यवसायिक खेतीका लागि कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन अघि बढाएको नगरप्रमुख खनालको भनाइ छ । No photo description available. कृषि क्षेत्रलाई प्राथामितामा राखेर, कृषकहरुको हकहितका लागि बजेट विनियोजन गरेको र किसानहरुलाई प्रोत्साहन गर्न सञ्चालन गर्ने कार्यक्रमहरु कार्यान्वयन भईरहेको र कतिपय कार्यान्वन हुन बाँकी रहेको नगरप्रमुख खनालले बताउनुभयो । नगरभित्रका सबै वडामा भौगोलिक अवस्था हेरेर व्यवसायिक कृषि प्रणालीमा लाने तयारी भइरहेको नगर उपप्रमुख केदारबाबु बस्नेतले जानकारी दिनुभयो । सबैक्षेत्रमा व्यवसायिक कृषिका लागि नगरका सबै वडाका भुगोलमा उब्जनी हुने खेती गरिने उपप्रमुख बस्नेतले बताउनुभयो । No photo description available. निर्वाहमुखी कृषि भन्दा व्यवसायिक कृषिमा लाग्नुपर्ने आफूहरुको जोड रहेको बताउनु हुँदै उपप्रमुुख बस्नेतले किसानहरुलाई नगरले प्रोत्साहन गर्ने खाले कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्ने बताउनुभयो । टोल–टोलका साना तथा ठूला किसानहरुलाई समेट्दै कृषक समूह स्थापना, उन्नत जातको कुखुरा, बाख्रा, गाई, भैंसीबाट चाँडै आम्दानी लिन सकिने कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्थापन गरिने प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालको भनाई छ । No photo description available. पशुपालन क्षेत्रबाट आम्दानी लिने कृषकहरुका लागि दुग्ध डेरी तथा पशुपंक्षि विक्रिवितरण कक्ष निर्माण कार्य भैरहेको जनाएको छ । चालु आर्थिक वर्ष २०७९÷८० मा सिद्धिचरण नगरपालिका कृषि विकास शाखाले कुल १ करोड २५ लाख बजेट विनियोजन गरेको छ । जसमा सशर्त अनुदान कार्यक्रम अन्तर्गत ९५ लाख र निःशर्त वित्तिय समूह अन्तर्गत ३३ लाख ५० हजार बजेट विनियोजन गरेको हो । शाखाले रासायनिक मल व्यवस्थापन गरी कृषकले समयमै उपलब्ध गराइएको र कृषकहरुका लागि शाखाले विषादी देखी पकेट क्षेत्रको कार्यक्रम सञ्चालन गरिरहेको कृषि शाखा प्रमुख भिमबहादुर दर्जीले जानकारी दिनुभयो । मकैमा लाग्ने फौजी किराको विषादी, ठूला पकेटको कार्यक्रम, रैथाने बाली अन्तर्गतका मिल, मिनिटिलर लगायतका कार्यक्रम सञ्चालन भैरहेका दर्जीको भनाइ छ । यसबाट नगरका १२ वटै वडाका किसानहरु लाभान्वित भएका छन् । May be an image of 7 people, people standing, tree and outdoors लहरे तरकारी बाली, काँक्रा, फर्सीमा किरा लाग्ने, मकैमा फौजी किराको प्रकोप देखिने जस्ता समस्या बढेको कृषकहरुको गुनासो छ । रोग नियन्त्रणका लागि शाखाले विषादी वितरण प्रभावकारी रुपमा गरिरहेको जनाइएको छ । खडेरी पर्ने, पानीको समस्याले गर्दा कृषि व्यवसाय टिकाउन चुनौती बनेको अधिकांश कृषकको गुनासो छ । सिँचाई तथा मौसम अनुकुल खेतीका लागि आर्थिक, प्राविधिक सहयोग नगरले गरिरहेको जनाइएको छ । May be an image of 3 people and cold frame नगरपालिकामा व्यवसायिक भन्दा पनि जीवन निर्वाहको लागि कृषि अंगालेका कृषकको संख्या बढि देखिन्छ । कृषि विकास शाखाबाट रासायनिक मल अनुदान, तरकारीका विउहरु, अनुदानका कार्यक्रमहरु प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यकम्र, तरकारी पकेट प्याकेज कार्यक्रम, आलुबाली पकेट विकास कार्यक्रम, आलु उत्पादन लगायत प्लाष्टिक टनेलहरु, विषादीहरु वितरणसँगै पेशामा आकार्षण केही मात्रामा बढेको नगरको दाबी छ । May be an image of 7 people, people standing and outdoors नगरपालिका कृषी विकास शाखाबाट कृषक, कृषक समुह, फार्महरुलाई ७५ प्रतिशत अनुदानमा मौरी सहितको घार वितरण गरेको छ । त्यस्तै, प्रत्येक घरदैलोमा प्राविधिक पुगेर कृषकको समस्या बुझने, समस्या पहिचान गर्ने काम गर्दै आएका छन् । नेपालमा ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर छ । धेरैजसो किसान परम्परागत कृषि कार्यमा संलग्न छन् । अधिकांश कृषक शिक्षित छैनन् । किसानलाई आधुनिक तरिकाले कृषि गर्ने वातावरण निर्वाह सकेमा व्यवसायिक तवरले अघि बढ्न सहज हुने सिद्धिचरण ७ का कृषक सम्फुरी शेर्पाको भनाइ छ । बेलाबेलामा तालिम, गोष्ठि र सचेतनामूलक कार्यक्रम सञ्चालन मात्रै गर्न सकेपनि कृषिमा नयाँ आयम थप्न सकिने कृषकहरुको भनाइ छ । किसानले नै नयाँ प्रविधिको प्रयोग गरेर उत्पादन गर्न सक्ने, सामग्री बजारमा बेच्ने वातावरण निर्माणमा सरकारको ध्यान जानुपर्ने सिद्धिचरण ४ का कल्याण राई बताउनुहुन्छ । May be an image of 5 people, people standing and outdoors स्थानीय कृषकले उत्पादन गरेका कृषि उपजको उचित बजरी करण र कृषि उपज आयतमा रोक लगाउन सके युवाहरु समेत कृषिप्रति आकर्षित हुने विज्ञहरुको बुझाई छ । यसबाट युवा शक्ति विदेश पलायन हुने क्रममा पनि रोकिने ओखलढुंगा क्याम्पसका सहप्रध्यापक आशा राईले बताउनुभयो । कृषकले उत्पादन गरेका सामाग्रीहरु प्रशोधन गरी विक्रीवितरण गर्न सके आम्दानीको स्रोतबृद्धि हुने र नगरलाई समृद्ध बनाउन समेत टेवा पुग्ने सिद्धिचरण ६ का कृषक प्रकाश मगरको बुझाई छ । ‘कतिपय कृषि उत्पादन हामी नै उत्पादन गर्छौं, तर प्रशोधित उत्पादन आयात गर्छौं । आलु उत्पादन गर्छौं, तर आलु चिप्स आयात गर्छौं । हामी गोलभेडा उत्पादन गर्छौं, तर केचप आयात गर्छौं । त्यसैले स्वदेशमै प्रशोधनमा पनि ध्यान दिनुपर्छ ।’ मगरको भनाई छ । उहाँले यस सम्वन्धमा नगरले नीतिगत सुधार र बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । May be an image of 6 people and tree स्थानीयस्तरमा उत्पादित वस्तुको निर्यात गरेर वा आयात भइरहेका वस्तुको प्रतिस्थापनबाट पनि अर्थतन्त्रमा सुधार ल्याउन सकिने भएकाले कृषि क्षेत्रमा देखिएका समस्याहरुको दीर्घकालिन समाधान खोजिनपर्ने नायव कृषि प्राविधिक विरेन्द्र तामाङको भनाइ छ । नगरभित्रका वडा नं. ४, ५, ६ र ७ का अधिकांश कृषकहरु तरकारी खेतीबाट जिविकोपार्जन गरिरहेका र यसलाई थप व्यवस्थित गर्नतर्फ ध्यान दिनुपर्ने तामाङको भनाइ छ । सायद ४ जना मानिसहरू को फोटो हुनसक्छ कृषिको आधुनिकीकरणको कुरा गर्दा प्रविधिको विषय आउने भएपनि कतिपय किसानलाई प्रविधिबारे जानकारी नै नभएको कृषि ज्ञान केन्द्रको भनाइ छ । ‘अन्य क्षेत्रमा प्रविधि प्रयोग बढेको छ, तर कृषिको क्षेत्रमा निकै कम रहेको पाइन्छ । विश्वमा ड्रोनबाट मल, बिउ छर्ने गरिएको छ भने स्याटलाइटको माध्यमबाट ट्रयाक गर्ने गरिएको छ । त्यस खाले अभ्यास गर्न सके कृषकलाई राम्रो लाभ हुन्थ्यो ।’ स्थानीय जितबहादुर शाक्यले भन्नुभयो ‘केही किसानले आफ्ना उत्पादनको प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग त गर्न थालेका छन् । तर, प्रत्यक्ष उत्पादन क्षेत्रमा प्रविधिको प्रयोग कम छ । सेवा क्षेत्रमा पनि प्रविधिको परिचालन बढाउन अत्यन्त जरुरी छ । विश्वस्तरीय उत्पादनका लागि प्रविधिको प्रयोग अपरिहार्य छ ।’ May be an image of 6 people and text समयमा मलखाद, विउपूँजी, विषादी, बाली विमा जस्ता कार्यक्रमहरु नगरले सञ्चालन गर्न सकेमा सदरमुकाम क्षेत्र रहेको सिद्धिचरण नगरपालिकाले कृषिमा पनि फड्को मार्न समय लाग्दैन ।


रीता तामाङ

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top