ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु

  • प्रकाशित मिति: १३-जेठ-२०८० ३:५५
  • रेडियो ओखलढुंगा
साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु

  रेडियो ओखलढुंगा (ओखलढुंगा) सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्रचीनकालमा निर्माण भएको साम्सिङ भन्ज्याङमा माने पर्खालहरुको मर्मत सम्भार तथा पुनः निर्माण सुरु भएको छ । माने ५३८ लम्बाई र ४ फिटचौडाइ तथा ४ फिट ८ इन्च उचाइको लामो ऐतिहासिक धर्मिक सम्पदामा मर्मत थालीएको हो । बौद्धधर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेको १६ वटा माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको नेतृत्वमा मर्मत गरिरहेको संस्थाका महासचिव अम्बर तामाङले जानकारी दिए । स्थानियहरुको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङसँग समन्वय गरि जीर्णोद्धार मानेको आवश्यक मर्मत, सम्भार र संरक्षणको कार्य गरिएको पिके टाप्टिङ समाज सेवाका अध्यक्ष ङवाङ फुरी शेर्पाले बताए । माने निर्माण कार्य सुरु भैसकेको र १० दिन भित्र निर्माण गरि सक्ने लक्ष्य रहेको बताइएको छ । साथै माने निर्माण गर्नका लागि आर्थिक सहयोग अवश्यक भएकाले सहयोग गर्न पनि संस्थाले आह्वान गरेको छ । सम्सिङ भञ्ज्याङको माने पुनः निर्माण गर्नका लागि २० लाख खर्च हुन सक्ने अनुमान गरिएको छ । मानेको पृष्ठभूमि हिमाली क्षेत्रमा बसोबास गर्ने बौद्धामागर्गीहरुले सदियौ देखि माने पर्खाल बनाउदै आइरहेको पाइन्छ । नेपालीको अन्य हिमाली जिल्लाहरुमा जस्तैः ओखलढुंगा सोलुखुम्बुमा पनि विभिन्न आकार प्रकारका माने निर्माण गर्दै आइरहेको पाउन सकिन्छ सदियौ वर्ष देखि निर्माण गर्दै आइरहेको छ के हो माने पर्खाल माने शब्द संस्कृत भाषाको माणिबाट आएको हो जसले अमुल्य रत्न भन्ने बुझाउदछ माने शब्दले माने पर्खालको अलवा प्रार्थनालाई पनि बुझाउदछ माने पर्खाल र यसमा कुदिने मन्त्रहरु बुद्धधर्मसंग सम्बन्धित रहेको र बुद्धधर्मका त्रिरत्नहरु बुद्ध धर्म संघ मध्ये मानेमा धर्मका कुरा कुदिने हुदा यसलाई माणि जस्तै अमुल्य रुपमा लिएको देखिन्छ


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top