ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा ८ पुलिकामा बौद्ध माने सफाई र पुनः निर्माण सम्पन्न भएको छ । स्थानीयहरुको पहलमा मानेको सफाई र पुनः निर्माण गरिएको हो ।
स्थानीय पुलिकाका युवा धर्मगुरु आङ तेण्डी शेर्पाको अगुवाईमा विभिन्न व्यक्तिहरुको आर्थिक र भौतिक सहयोगमा २ वटा माने पुनः निर्माण र सफाई गरिएको जनाइएको छ । भूकम्प र लामो समय संरक्षण नहुँदा जिर्ण बनेका बौद्धमाने सफाई र पुनः निर्माण गरिएको अभियान्त शेर्पाले जानकारी दिनुभयो ।
पितापूर्खाले पुण्यआर्जन गर्ने, बौद्ध दर्शनको प्रचारप्रसार र प्रबद्र्धनका लागि निर्माण गरिएका मानेहरुको संरक्षण नहुँदा भत्किने, माटोले पुरिएर लोप हुँदै गएको अवस्थालाई ध्यानमा राख्दै पूर्खाको सम्मान र इतिहासको रक्षाका लागि माने पुनः निर्माण र सफाई गरिएको स्थानीय वाङछु शेर्पाको भनाइ छ ।
व्यक्तिगत श्रमदान, स्थानीयको सहयोगमा मानेको संरक्षण, सम्बद्र्धन र जिर्णोधरका लागि निरन्तर काम भइरहेको वडा अध्यक्ष नगेन्द्र वस्नेतले बताउनुभयो । अवतारी लामा कुन्खेन रिन्पोछेको विशेष उपस्थितीमा पुनः निर्मित मानेहरुको प्राणप्रतिष्ठा र क्षमा पूजा सम्पन्न भएको थियो । सो अवसरमा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले धार्मिक, सांस्कृतिक विविधतालाई संरक्षण गर्दै प्रबद्र्धन गर्न नीतिगत रुपमा नै गाउँपालिका अघि बढीरहेको र स्थानीयको पहलबाट भएको कार्य स्वागत योग्य रहेको बताउनुभयो ।
कमेन्ट गर्नुहोस
Comment Section