ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न

  • प्रकाशित मिति: १४-जेठ-२०८० ३:५६
  • रेडियो ओखलढुंगा
दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न

  ओखलढुंगा(रेडियो ओखलढुंगा) खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ मा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न भएको छ । ग्रामिन उद्धम बिप्रेषण समृद्धि कोशी सगरमाथा कोरिडोर धरान सुनसरीको आयोजनामा तालिम सम्पन्न भएको हो । नेपाल एगा्रेलाईफ र समृदि आयोजनाले तालिम संचालन गरिएको समृद्धि आयोजनाका सुपरभाइजर तारानाथ फुयालले बताउनुभयो । नेपाल एग्रोलाईफको कृषी प्राविधिक द्धय गणेश आचार्य र अस्मिता राई तथा समृद्धि आयोजनाका सुपरभाईजर तारा नाथ फुयाले तालिमको सहजिकारण गरिएको हो । तालिममा ३५ जना कृषकहरुको सहभागीता रहेको थियो । तालिममा वडाका कृषकहरुलाई बचत गर्ने तरिका नर्सरी, टाँडे नर्सरी भुई, नर्सरी मल्चिङ, मल्चिङ प्रविधि मल्चिङको फाइदा , तरकारी बालीमा लाग्ने रोग किरा रोग किराको व्यवस्थानपन लगायतका विषयमा सहभागीहरुलाई तालिम प्रदान गरिएको हो । तालिम साप्सु कालिका कृषक समुहमा १३ र १४ गते सञ्चालन गरेको थियो । तालिम पश्चात ३० जना कृषकहरुको माटोको पिएज नापिएको छ , माटोमा ३० प्रतिशत पिएज बढि देखिएको छ ,जसले कृषी चुन लगाएर मात्र माटोलाई सुधार्न सकिने कृषी प्राविधिक गणेश आचार्यको भनाई छ । त्यस्तै कार्यक्रमको समापनमा स्थानीय सरकारका प्रतिनिधि बलराम कटुवाले समृद्धिले गरेको कार्यक्रम महत्वपुर्ण रहेको बताउँदै नगरपालिकाको साथ रहने र घरघरमा गएर कृषी प्राविधिक तथा कर्मचारीले कृषहरुललाई दिएको सेवा प्रति खुसी व्यक्त गर्नुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top