३ असार २०८१, आइतबार | Sun Jun 16 2024

ज्यामिरेमा जेष्ठ नागरीक, अशक्त र स्वयम सेविकाहरुलाई सम्मान



ओखलढुंगा (रेडियो ओखलढुंगा)  गणतन्त्र दिवसको अवसरमा सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेले जेष्ठ नागरीक, अशक्त र स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । वडा कार्यालयले वडाभित्रका ८० वर्ष माथिका ५० जना जेष्ठ नागरिक, १६ जना अशक्त र १३ जना स्वास्थ्य स्वंसेविकालाई सहित सम्मान गरेको हो ।
जेष्ठ नागरिकहरुलाई लौरो र दोसल्ला ओढाएर सम्मान गरिएको वडा अध्यक्ष गुणबहादुर खड्काले जानकरी दिनुभयो । अशक्तहरुलाई प्रतिव्यक्ति रु. १७ सय र खादा, स्वयंमसेविकाहरुलाई प्रतिव्यक्ति रु. १ हजार २ सय ७५ सहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको वडा कार्यालय ज्यामिरेले जनाएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ३ : ४४ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित