ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

आँखा केन्द्र ओखलढुंगामा दूर चिकित्सा यन्त्र सूचारु

  • प्रकाशित मिति: १५-जेठ-२०८० ४:००
  • रेडियो ओखलढुंगा
आँखा केन्द्र ओखलढुंगामा दूर चिकित्सा यन्त्र सूचारु

ओखलढुंगा (रेडियोओखलढुंगा)सामुदायिक आँखा केन्द्र ओखलढुंगामा टेलियोथाल्मालोजी सर्भिस (दूर चिकित्सा) यन्त्र सञ्चालन गरिएकोे छ । मधुमेह, उच्च रक्तचाप, आँखाको रेटिनामा समस्या भएका विरामिहरुको सहजताका लागि यन्त्र सञ्चालन गरिएको हो । दुर चिकित्सा यन्त्रबाट विरामिहरु जाँच गर्दा प्रत्यक्षरुपमा तिलगंगा आँखा प्रतिष्ठानसम्म पुग्ने भएकाले प्रतिष्ठानबाटै जाँच तथा परामर्श लिन सकिने आँखा केन्द्र प्रमुख टिका राईले जानकारी दिनुभयो । विरामी जाँच तथा परामर्शको लागि आँखा केन्द्र विहान ९ देखि साँझ ६ बजेसम्म खुल्नेछ । उक्त यन्त्रको प्रयोगले सम्बन्धित विरामीहरुले राजधानी धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरिएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top