ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

१० पत्रकारलाई नगरपालिकाको लेखनवृत्ति प्रदान

  • प्रकाशित मिति: १६-जेठ-२०८० ४:२०
  • रेडियो ओखलढुंगा
१० पत्रकारलाई नगरपालिकाको लेखनवृत्ति प्रदान

ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका ओखलढुंगा र नेपाल पत्रकार महासंघ, ओखलढुंगा शाखाले १० जना पत्रकारलाई लेखनवृत्ति पुरस्कार प्रदान गरेको छ । जिल्लाको स्थानीय सञ्चारमाध्यममा कार्यरत १० पत्रकारलाई जनही १० हजारका दरले लेखनवृत्ति प्रदान गरेको हो । नगरभित्रका शिक्षा, स्वास्थ्य, संस्थागत विकास, पशु लगायतका विषयमा समाचार लेखन प्रकाशन गर्ने पत्रकारलाई नगर प्रमुख तेजन खनाल तेजेन्द्रले लेखनवृत्ति प्रदान गरेको हो । त्यस्तै, कृषि, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा कलम चलाउनेलाई लेखनवृत्ति वापत पुरस्कार नगर उपप्रमुख केदरबाबु वस्नेतले प्रदान गर्नुभयो । त्यस्तै, खेलकूद, युवा लगायतका क्षेत्रमा खोजमुलक समाचार प्रकाशन गर्ने पत्रकारलाई प्रोत्सानसहित पुरस्कार वितरण गरेका छन् । यसरी लेखनवृत्ति पुरस्कार प्राप्त गर्नेमा नागरिकमिडियाका प्रधानसम्पादक शिवप्रसाद ढुंगाना, ओखलढुंगाखबरडटकमका प्रधानसम्पादक नवराज कार्की, आफ्नो एफएमकी माया राई र सरस्वती विक, रेडियो ओखलढुंगाका रीता तामाङ र प्रमिला श्रेष्ठ, सहयात्री रेडियोका ध्रुव धमला, भिजन नेपालका सरस्वती बानिया, एसवि जेरो र प्रविन मुदेल रहेका छन् । लेखन क्षेत्रमा कौशलता बृद्धि गरी प्रोत्साहन गर्ने र नगरभित्रका सकारात्मक प्रयासहरुलाई समाचारको सुसुचित गर्ने हेतुले लेखनवृत्ति कार्यक्रम सञ्चालन गरेको र अन्य स्थानीय तहसँग समेत साझेदारीमा आगामी दिनमा पत्रकारितासँग सम्वन्धि थप कार्यक्रमहरु सञ्चालन गर्ने अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top