ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

५३८ फिटको माने निर्माण सम्पन्न

  • प्रकाशित मिति: १८-जेठ-२०८० ३:२१
  • रेडियो ओखलढुंगा
५३८ फिटको माने निर्माण सम्पन्न

  दावा जाङ्बु शेर्पा ओखलढुंगा (रेडियो ओखलढुंगा ) . -सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्रचीनकालमा निर्माण भएको साम्सिङ भञ्ज्याङमा माने पर्खालहरुको मर्मत सम्भार तथा पुनः निर्माण सकिएको छ ५३८ लम्बाई र ४ फिट चौडाइ तथा ४ फिट ८ इन्च उचाइको लामो ऐतिहासिक धर्मिक सम्पदा माने पुर्णनिर्माण सम्पन्न भएको छ पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंको बिशेश अगुवाइमा पिके पिक टाप्टिङ क्षेत्र भित्र रहेका १८ वटा पुराना भत्किएको माने पर्खालहरु मध्य पहिलो चरणमा दुईवटा माने पुननिर्माण सम्पन्न भै सकेको र दोस्रो चरणमा साम्सिङ भञ्ज्याङको सबैभन्दा लामो माने निर्माण गरिसकेको अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिए । बौद्धधर्मावलम्बीहरुको आस्थाको प्रतिक, सांस्कृतिक तथा पर्यटकिय महत्व बोकेको १७ वटा माने पर्खालहरुको अवस्था जीर्ण अवस्थामा रहेकाले पिके टाप्टिङ समाज सेवा संस्थाको अगुवाइमा मर्मत गरिरहेको हो पितापू्र्खाहरुले पुण्यआर्जन गर्ने बौद्ध दर्शनको प्रबद्र्धनका लागि निर्माण गरिएका मानेहरुको संरक्षण नहुदा भत्किने माटोले पुरिएर लोप हुदै गएको अबस्थालाई ध्यानमा राख्दै पूर्खाको सम्मान र इतिहास रक्षाका लागि माने पुनः निर्माण गरिएको संस्थाका महासचिव अम्बर तामाङले जानकारी दिए । स्थानियहरुको प्रत्यक्ष सहभागिता तथा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर १० टाप्टिङसँग समन्वय गरि जीर्णोद्धार मानेको आवश्यक मर्मत, सम्भार र संरक्षण कार्य गरिएको पिके टाप्टिङ समाज सेवाले बताए । पिके सम्सिङ भञ्ज्याङको माने पुनः निर्माण गर्नका लागि २० लाख खर्च भइसकेको संस्थाले बताएको छ सोलुखुम्बुको तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीहरुको संस्कार संस्कृति रहनसहन तथा मनोरम हिमश्रृङ्खलाको दृश्य हेर्न अत्यन्तै उपयुुक्त मानिने ट्रेकिङ रुटहरु मध्ये पिके पिक ट्रेल पनि एक मानिन्छ समुद्री सतहबाट ४०६५ मिटरको उचाइमा रहेको पिके पिकबाट नेपालमा अबस्थित ८ हजार मिटर अग्ला ८ बाट हिमालहरु मध्ये ७ बाट हिमालको पिके पिकबाट देख्न सकिन्छ जुन अवसर अन्य ठाउँमा पाइदैन


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top