ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

खिजीदेम्बाको पर्यटन प्रबद्र्धन गर्न राजधानीमा कार्यक्रम

  • प्रकाशित मिति: २२-जेठ-२०८० ६:५२
  • रेडियो ओखलढुंगा
खिजीदेम्बाको पर्यटन प्रबद्र्धन गर्न राजधानीमा कार्यक्रम

ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका, ओखलढुंगाले पर्यटन प्रबद्र्धन गर्न हेतुले काठमाडौंमा कार्यक्रम आयोजना गर्ने भएको छ । गाउँपालिकाले पर्यटन प्रबद्र्धन गरी आर्थिक रुपमा समृद्ध बनाउन कार्यक्रम आयोजना गर्न लागेको हो । गाउँपालिकाले जिल्लाकै उच्च स्थानमा सर्भेक्षण गरेको गल्फ खेल सफल भएको र उक्त सर्भेक्षणका क्रममा निर्माण गरी वृत्तचित्र प्रस्तुत गर्ने कार्यक्रम रहेको अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपालको सहआयोजना पर्यटन बोर्डमा हुन लागेको कार्यक्रममा खिजीदेम्बा भित्रको पर्यटकीय संभावनाका बारेमा समेत छलफल हुने अध्यक्ष शेर्पाको भनाइ छ । पर्यटन मन्त्री सुदन किराँतीको विशेष आतिथ्यतामा हुने कार्यक्रममा पर्यटन व्यावसायी, गल्फ खेलाडी, आरोही, पथ प्रदर्शक लगायत सरोकारवालाहरुको उपस्थिती रहने प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top