ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

म विरुद्धको आरोप सत्ताबाट विमुख हुँदाको छटपटिः अध्यक्ष शेर्पा

  • प्रकाशित मिति: २८-जेठ-२०८० ९:५८
  • रेडियो ओखलढुंगा
म विरुद्धको आरोप सत्ताबाट विमुख हुँदाको छटपटिः अध्यक्ष शेर्पा

ओखलढुंगा (रेडियो ओखलढुङ्गा) । ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको आरोप ‘कपोकल्पीत, झुट्ठो’ रहेको दाबी गर्नुभएको छ । निकटतम प्रतिस्पर्धी भूपेन्द्र वस्नेतले अदालतमा दायर गरेको रिट ‘कपोकल्पीत, झुट्ठो’ रहेको अध्यक्ष शेर्पाले दाबी गर्नुभएको हो । जनताको मन जितेर जनहितमा भएको कामप्रति इश्र्या गर्नेहरुले आफूलाई गलत आरोप लगाएर काम गर्न बाधा पुर्याउन खोजेको उल्लेख गर्नु हुँदै अध्यक्ष शेर्पाले अदालतले सत्य उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । रेडियोसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै अध्यक्ष शेर्पाले संविधान, कानून अनुसार आफूले निर्वाचनमा सहभागि भएर जनताको विश्वास जितेको बताउँनु हुँदै ‘कानूनी राज्यको सम्मान गर्दै लोक हितको लागि  क्रियाशिल भएको’ बताउनुभयो । दोहोरो नागरिकता प्रकरणमा आफूलाई मुछेर राजनैतिक उल्जन गर्न खोजेको प्रति दुःख व्यक्त गर्दै अध्यक्ष शेर्पाले कांग्रेसीहरु लामो समयको सत्ताबाट विमूख हुन पुग्दाको छटपटीबाट आफू विरुद्ध मुद्धा दायर गरेको आरोप लगाउनु भयो । ‘पञ्चायत, बहुदल, संक्रमणकालिन अवस्था र संघीयताको व्यवस्थासम्म यहाँ कांग्रेसले सत्ताभोग गरेको हो । अहिले सत्ताबाट विमूख हुन पुग्दा साथीहरु पानी विनाको माछा झैं छटपटि रहनुभएको छ ।’ अध्यक्ष शेर्पाले भन्नुभयो ‘अदालतले निष्पक्ष रुपमा न्यायनिरुपण गर्दै सत्यतथ्य फैसाला गर्ने भएकाले धेरै बोल्नु जरुरी छैन ।' आफूले अमेरिकी नागरिकता त्यागेर नागरिकता ऐन २०६३ को अनुसुचि ११ ले गरेको व्यवस्था अनुसार नागरिकता पुनः प्राप्ती गरेको बताउँनुहुँदै अध्यक्ष शेर्पाले विषय प्रष्ट हुन चहानु स्वभाविक रहेको बताउनुभयो । ‘मैले अमेरिकी नागरिकता लिएको कुरा सबैलाई थाहा छ । त्यागेको पनि थाहा छ । तर, व्यक्तिव्यक्तिलाई नागरिकता त्यागेको प्रमाण पेश गर्दै हिँड्न सकिँदैनथ्यो । यो रिटबाट आमरुपमा प्रष्ट हुने मौका मिलेको छ । यो मेरोलागि अवसर हो ।’ अध्यक्ष शेर्पाले भन्नुभयो ‘फेरि अमेरिकी नागरिकता लिन्न भनेर छातिमा हात राखेर सपथ लिएर नेपालको सेवा गर्न आएको हुँ । कुनै खाले स्वार्थसिद्ध गर्न, छलछाम र तिकडम देखाउन आएको हैन ।’ अध्यक्ष शेर्पाले अघि भन्नुभयो ‘देश र गाउँको हित चाहाने र जनताको सोझो चिताएर काम गर्नेलाई घेरावन्दी हुने रहेछ । राजनीतिको नाममा खराब कुरालाई बढावा दिने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।’ नेतृत्वमा रहँदा वा नरहँदा आफू जनताको हितमा अहोरात्र खट्दै आएको र केही सकारात्मक परिवर्तन हुँदै गर्दा आतिएर आफू विरुद्ध नागरिकता विवाद ल्याएर काम गर्न रोक्ने दुष्प्रसाय भइरहेको भन्दै अध्यक्ष शेर्पाले दुःख व्यक्त गर्नुभयो । उच्च अदालतमा अध्यक्ष शेर्पा विरुद्ध नेपाली कांग्रेसका उम्मेदवार भूपेन्द्रबहादुर वस्नेतले गैर नेपाली रहेको आरोप सहित रिट दयार गर्नुभएको थियो । रिटको पहिलो चरणमा सुनुवाई गर्दै अदालतले १५ दिनभित्र आवश्यक कागजात पेश गर्न विपक्षिहरुको नाममा आदेश जारी गरेको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top