ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुगामा असार ४ गतेबाट तेस्रो कोशी प्रदेश स्तरीय मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले ओखलढुंगामा
असार ४ गतेदेखि ९ गतेसम्म जिल्ला सदरमुकामको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।
बुधबार सुनसरीको इटहरीमा बोर्डले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको छ ।
प्रतियोगितालाई सफल पार्न जिल्लामा रहेका सम्पुर्ण राजनीतिक दल, प्रहरी प्रशासन , स्थानिय निकाय एवम ओखलढुंगा बासीलाई सदस्य सचिव वाग्लेले अपिल गरेका छन् ।
ओखलढुंगामा पहिलोपटक हुन लागेको प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाको सहभागिता रहनेछ । विजेताले नगद २ लाख, शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख शिल्ड, मेडल र प्रमाणपत्रमा पाउनेछ ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्ताले पाँच हजार रुपैयाँ र शिल्ड पाउने छन् । प्रतियोगिताका लागि बोर्डले ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यसअघि बोर्ड र मन्त्रालयबिचको विवादका कारण जेठ १ गते हुने भनिएको प्रतियोगिता स्थगित भएको थियो ।साथै बोर्डले खेल तालिका पनि आजै सार्वजनिक गरेको छ ।
कमेन्ट गर्नुहोस
Comment Section