ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

पूर्वप्रधानाध्यापक स्व. शेर्पाको नामबाट विद्यार्थीलाई पुरस्कार

  • प्रकाशित मिति: ३२-जेठ-२०८० २:१६
  • रेडियो ओखलढुंगा
पूर्वप्रधानाध्यापक स्व. शेर्पाको नामबाट विद्यार्थीलाई पुरस्कार

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुङ्गाको खिजीदेम्बा–९ स्थित शिवालय माध्यामिक विद्यालय छेर्मादिङ्गाका विद्यालय प्रथम दुई छात्राछात्र पुरस्कृत भएका छन् । पूर्व प्रधानाध्यापक स्व. लाप्साङ शेर्पाका नामबाट विद्यालय प्रथम हुने छात्राछात्रलाई नगद पुरस्कार प्रदान गरेका हुन् । विद्यालय प्रथम हुने कक्षा ८ की पासाङ ल्हमु शेर्पा र कक्षा ३ का छात्र जिवन तामाङ छन् । उनीहरुलाई जनही नगद ३–३ हजार प्रदान गरिएको लेखा सहायक आङङिमा शेर्पाले जानकारी दिनुभयो । पूर्वप्रधानाध्यापक स्व. शेर्पाको नामबाट विद्यालयमा अक्षय कोष स्थापना गर्ने र सोही कोषबाट विद्यार्थीलाई बार्षिक रुपमा नगद पुरस्कार दिने निर्णय अनुसार नगद पुरस्कार प्रदान गरेको स्व. शेर्पाका श्रीमती आङ फुरी शेर्पाले जानकारी दिनुभयो । स्व. शेर्पाको दुई बर्षअघि निधन हुनुभएको थियो । शेर्पाले लामो समय उक्त विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । यसैवीच, विद्यालयमा खेलकूद, स्टेशनरी सामाग्री वितरण गरिएको छ । पूर्व प्रधानाध्यापक स्व. शेर्पाका कान्छा छोरा मिङमार डि. शेर्पाले स्टेशनरी, खेलकूद, शिक्षक डाइरी वितरण गरेको हो । No description available. विद्यालयमा आयोजित एक कार्यक्रमकावीच व्याटमिन्टन, वास्केटबल, टेबल टेनिस, वेपिङ लगायतका सामाग्री वितरण भएको सहायक प्रधानाध्यापक प्रजिना केसीले जानकारी दिनुभयो । त्यस्तै, सिसाकलम, अभ्यास पुस्तिका, बल, जाली लगायतका सामाग्रीहरु प्राप्त भएको केसीको भनाइ छ । अमेरिकी नागरिक, खुम्बिला लज लगायतसँगको समन्वयमा शेर्पाले विद्यालयमा सामाग्री वितरण गरेको हो । पर्यटन व्यवसायी शेर्पाले यसअघि पनि वडाका अपांग, एकल महिला, विपन्नलाई खाद्य सामाग्री वितरण गर्नुभएको थियो ।


स्यारोन शेर्पा

कार्यक्रम प्रस्तोता, समाचारदाता ।

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top