ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

ओखलढुङ्गामा मूख्यमन्त्री कप जारी

  • प्रकाशित मिति: ०५-आषाढ-२०८० ४:१६
  • रेडियो ओखलढुंगा
ओखलढुङ्गामा मूख्यमन्त्री कप जारी

ओखलढुंगा (रेडियो ओखलढुङ्गा) । ओखलढुंगामा प्रदेशस्तरीय मुख्यमन्त्री कप नकआउट पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा ओखलढुंगा र उदयपुरले जित निकालेको छ । सदरमुकाम ओखलढुंगास्थित खेल मैदानमा सुरू भएको प्रतियोगितामा सोलुखुम्बुलाई ३–१ गोलले हराउँदै ओखलढुंगाले जित निकालेको हो । त्यस्तै, मोरङलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै उदयपुरले विजयी सुरुवात गरेको जिल्ला खेलकूद विकास समितिका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिनुभयो । मगलबार खेल धनकुटा र भोजपुर, सुनसरी र पाँचथरबीच हुँदैछ । प्रदेशभित्रका ताप्लेजुङ बाहेक सबै जिल्लाबाट खेलाडीहरु प्रतियोगितामा सहभागि रहेको प्रदेश खेलकूद परिषद्का सदस्य सचिव हंशराज वाग्लेले जानकारी दिनुभयो । बाढी पहिरोका कारण ताप्लेजुङबाट खेलाडी आउन नपाएपछि आयोजकले इलामलाई वाकओभर दिएर विजयी घोषणा गरेको वाग्लेको भनाइ छ । असार ९ गतेसम्पन्न हुने प्रतियोगिता उद्घाटन सत्रमा प्रदेश सभा सदस्य प्रदीप सुनुवार, एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई, सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल लगायत उपस्थित हुनुहुन्थ्यो । सोमबारको खेलमा ओखलढुंगाका संजय गुरुङ र उदयपुरका १ गोल गर्न सफल सुनिल खड्का म्यान अफ दी म्याच घोषित हुँदै ४ हजार नगद प्राप्त गर्नुभएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top