ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

मुख्यमन्त्री कपमा इलाम र खोटाङ सेमिफाइलमा प्रवेश

  • प्रकाशित मिति: ०७-आषाढ-२०८० ३:०६
  • रेडियो ओखलढुंगा
मुख्यमन्त्री कपमा इलाम र खोटाङ सेमिफाइलमा प्रवेश

ओखलढुंगा (रेडियो ओखलढुंगा)ओखलढुंगामा जारी कोशी प्रदेश स्तरिय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा विहिबार भएको खेलमा इलाम र खोटाङ सेमिफाइनलमा प्रवेश गरेका छन । विहिबार विहान पहिलो खेल इलाम र धनकुटाबीच प्रतिस्पर्धा भएको थियो । इलामले धनकुटालाई २–० ले हराउँदै इलाम सेमीफाइनल प्रवेश गरेको हो । यस्तै सुनसरी र खोटाङबीच भएको दोस्रो खेलमा खोटाङ सेमिफाइनलमा प्रवेश गरेको छ । उक्त खेलमा निर्धारित समयमा १–१ गोल भएर बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटमार्फत विजेता छनोट गरिएको हो । खोटाङले ५–३ गोल अन्तरले सेमिफाइनल यात्रा तय गरेको हो । आजको खेलमा इलामका खेलाडी विनोद धमला र खोटाङका गोलकिपर किरण राई म्यान अफ द म्याच घोषणा भएका छन् । ्रप्रतियोगितामा विजेताले नगद २ लाख, शिल्ड मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ५ हजार ५ सय रुपैयाँ प्रदान गरिने र म्यान अफ द सिरिजलाई १० हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उत्कृष्ट गोलकर्ताले ५ हजार ५ सय रुपैयाँ र शिल्ड पाउने छ भने डेली म्यान अफ द म्याचलाई ४ हजार रुपैयाँ प्रदान गर्ने गरिने छ। प्रतियोगिताको फाइनल खेल आगामी असार ९ गते हुनेछ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top