ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

तेस्रो मुख्यमन्त्रि कपको उपाधि इलामलाई

  • प्रकाशित मिति: ०९-आषाढ-२०८० १२:२२
  • रेडियो ओखलढुंगा
तेस्रो मुख्यमन्त्रि कपको उपाधि इलामलाई

ओखलढुंगा (रेडियो ओखलढुंगा ) कोशी  प्रदेश स्तरिय मुख्यमन्त्री कप नकआउट फुटबल प्रतियोगिताकोे उपाधि इलामले जितेको छ । ओखलढुंगामा शनिवार भएको फाइनल खेलमा संखुवासभालाई ३–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधि जितेको हो । प्रतियोगितामा कोशी प्रदेशका १३ जिल्लाको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो। फाइनल खेलको म्यान अफ द म्याच इलामका पिकेश लोक्तामले पाए भने उत्कृष्ट गोलरक्षक मौसम मगर, उत्कृष्ट डिफेन्डर आयुष तिमिल्सिना, उत्कृष्ट स्ट्राईकर संखुवासभाका मन्दिप राई र बेस्ट कोच इलामका छिरिङ पासाङले प्राप्त गरेको छ । उच्च गोलकर्ताको पुरस्कार ओखलढुंगाका सन्जय गुरुङ र म्यान अफ द सिरिजको उपाधि इलामका विशाल तामाङले प्राप्त गरेको छ । प्रत्येक विधाका उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाएको छ । खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा गत असार ४ गते बाट ओखलढुंगामा प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा विजेताले नगद २ लाखको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेताले नगद १ लाखको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।


Rita Ghising

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top