ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

केत्तुकेमा म्यारोथन प्रतियोगिता आयोजना

  • प्रकाशित मिति: १६-आषाढ-२०८० ४:३०
  • रेडियो ओखलढुंगा
केत्तुकेमा म्यारोथन प्रतियोगिता आयोजना

ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ को केत्तुकेमा रहेको जनसेवी बचत तथा ऋण सहकारी संस्थाले ५ दशमलब ५ किलोमिटर दूरीको म्याराथन प्रतियोगिता आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत पर्यटन र स्वास्थ्यका लागि म्याराथन प्रतियोगिता आयोजना गरेको हो । वडा नं ४ का स्थानीयलाई मात्रै सहभागी गराइएको म्याराथनमा १ सय ५० जना सहभागी भएको आयोजक संस्थाका अध्यक्ष मोहन तामाङले जानकारी दिनुभयो । म्याराथनमा ३ उमेर समूह बनाएर प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा १५ देखि २० वर्ष उमेर समूहका पुरुषतर्फ टेकेन्द्र राई, महिलतर्फ हर्ष राई, २१ देखि ४० वर्ष उमेर समूहका पुरुषतर्फ चेतबहादुर सार्की, महिलातर्फ तिलीमाया तामाङ, ४० वर्ष माथिको उमेर समूहमा पुरुषतर्फ डिल्लीशेर तामाङ र महिलातर्फ अनिता तामाङ विजेता बन्नुभएको थियो । विजेतासहित उपविजेता, तृतीय र चतुर्थ हुने धावकलाई मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्ष आश्राचन राई, सहकारीका अध्यक्ष तामाङ, वडाध्यक्ष विष्णु तामाङ र खेलका निर्णायक रुपलाल तामाङले नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभएको पत्रकार नवराज कार्कीले जानकारी दिनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top