ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

अनलाइनमार्फत हुने ठगिको घटना बढ्यो

  • प्रकाशित मिति: १६-आषाढ-२०८० ४:३७
  • रेडियो ओखलढुंगा
अनलाइनमार्फत हुने ठगिको घटना बढ्यो

ओखलढुंगा (रेडियो ओखलढुंगा)पछिल्लो समय ओखलढुंगामा अनलाइनमार्फत हुने ठगिका घटनाहरु बढ्न थालेका छन् । विभिन्न बहानामा सामाजिक सञ्जाल अनलाइनमार्फत ठगिका घटना बढ्न थालेका हुन् उपहार प्राप्त भएको, पुरस्कार जितेको ठूलो धनराशीको चिट्ठा परेको भन्दै अनलाइनमार्फत रकम माग्ने र ठगिमा परेका घटनाका जाहेरी लिएर दिनहुँ जस्तो पीडितहरु जिल्ला प्रहरी कार्यालय, ओखलढुंगामा पुग्ने गरेका छन् । जिल्लामा हालसम्म ५ वटा अनलाइन ‘फिसिङ’ का घटनामा पीडितहरुले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका सूचना अधिकारी, प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । फेसबुक, वाट्सअप, टिकटकको माध्यमबाट सम्पर्क बढाउने विभिन्न प्रलोभनमा पारेर ठगि हुने गरेका घटनाको जाहेरी लिएर पीडितहरु प्रहरीमा आउने क्रम बढेको प्रहरीले जनाएको छ । यस्तै घटनाका पीडित ओखलढुंगा सिद्धिचरण–९ ज्यामिरेका विमला श्रेष्ठले आफूलाई जिमी रेजिनाल्ड टिकटक युजरनेम भएको व्यक्तिले १ महिनादेखि कुरा गर्दै आएको, उपहार आएको र छुटाउन वाट्अपमार्फत पैसा मागेपछि ठगिमा परेको भन्दै प्रहरीमा निवेदन दर्ता गर्नुभएको छ । मोवाइल वैंकिङ्गमार्फत ४५ हजार पठाइएको र थप पैसा माग्न थालेपछि आफू ठगिएको शंका लागि प्रहरी गुहार्न पुगेको श्रेष्ठको भनाइ छ । विभिन्न प्रलोभन देखाई पैसा मागेर मानसिक तनाव दिने गरेको, वैंकमार्फत पैसा पठाएपनि सामाग्री नपाएको श्रेष्ठले जानकारी दिनुभयो । यसरी ठगिनेमा नर्स, शिक्षकहरु बढी छन् । पीडित श्रेष्ठ स्वयम स्वास्थ्य केन्द्रमा कार्यरत अनमी हुन् । ठगि गर्ने व्यक्तिको विस्तृत विवरण नहुने भएकालेपनि अनुसन्धानमा समस्या हुने गरेको प्रहरीको भनाइ छ । आरोपितहरुकाबारेमा संघीय प्रहरी इकाई धरानलाई विस्तृत विवरण माग गरेको र आएपछि निवेदनलाई जाहेरीमा परिणत गरेर कार्वाही अघि बढाउने सूचना अधिकारी दासको भनाइ छ । पछिल्लो समय नेपालमा अनलाईनबाट ठगिने क्रम बढेको छ । ठगिमा संलग्न कतिपयलाई भने प्रहरीले पक्राउ गरी कार्वाही समेत अघि बढाएको जनाइएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top