१३ बैशाख २०८२, शनिबार | Sun Apr 27 2025

कोशी सरकारको प्रवक्तामा मन्त्री सुनुवार



कुलबहादुर तामाङ

ओखलढुंगा (रेडियो ओखलढुंगा) । कोशी प्रदेश सरकारमा प्रवक्ताको जिम्मेवारी विना विभागीय मन्त्री प्रदीपकुमा सुनुवारले पाएको छ । मुख्यमन्त्री उद्धव थापाले सरकारको प्रवक्ताको जिम्मेवारी सुनुवारलाई दिएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता सुनुवारले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने र आफूले प्रवक्ताको जिम्मेवारी पाएको जानकारी दिनुभयो । त्यसका लागि सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको सुनुवारको भनाई छ । मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको सुनुवारले जानकारी दिनुभयो ।
निजामती ऐन परिमार्जनको प्रक्रिया अघि बढाउने निर्णय पनि भएको उनले बताए । कर्मचारीको सरुवा, बढुवा, तालिमलगायत वृत्तिविकासका लागि ऐन परिमार्जन गर्ने निर्णय समेत भएको जनाइएको छ ।
बाढी र पहिरोलगायतका दैवी प्रकोपबाट हुनसक्ने सम्भावित क्षति रोक्नका लागि पूर्व तयारी गर्ने र कोशी सरकारले रुससँग मित्रराष्ट्रका रुपमा भाइचाराको सम्बन्ध विस्तार गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय समेत गरेको जनाइएको छ ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  २ : ४७ बजे