ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

मनाङ हेलिकोप्टर लामजुरा नजिक दुर्घटना

  • प्रकाशित मिति: २६-आषाढ-२०८० ६:१७
  • रेडियो ओखलढुंगा
मनाङ हेलिकोप्टर लामजुरा नजिक दुर्घटना

ओखलढुंगा (रेडियो ओखलढुंगा) । मनाङ एयरको हराइरहेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिकेस्थित लामजुरा क्षेत्रमा दुर्घटना भएको छ । ६ जना यात्रु लिएर लाक्लाको सुर्केबाट काठमाडौंतर्फ उडेको हेलिकोप्टर दुर्घटना भएको अपुष्ट खबर आएको सोलुखुम्बु प्रहरीले जनाएको छ । घटनाको जानकारी आउन साथ जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले लिखुपिके र वेनीबाट प्रहरी टोली घटनास्थलतर्फ खटाईएको सूचना अधिकारी राम किशोर साहले रेडियो ओखलढुंगालाई जानकारी दिनुभयो । ‘लिखुपिके सिमना लामजुरामा दुर्घटना भएको भन्ने अपुष्ट खबर छ । आधा घण्टामा हाम्रो टोली पुगेपछि एकिन हुन्छ ।’ प्रहरी निरीक्षक साहले भन्नुभयो । हराईरहेको हेलिको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर समेत पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलले जानकार िदिनुभयो । काठमाडौंबाट लुक्ला उडानमा यो पास बीचमा पर्छ । मनाङ एयरको एनएलए–एमभी हेलिकप्टर उडेको केही समयमा नै सम्पर्कबिहीन भएको थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top