ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

साउन २ गते लिखित जवाफ पेश गर्ने अध्यक्ष शेर्पाको तयारी

  • प्रकाशित मिति: ०१-साउन-२०८० १:०७
  • रेडियो ओखलढुंगा
साउन २ गते लिखित जवाफ पेश गर्ने अध्यक्ष शेर्पाको तयारी

कुलबहादुर तामाङ

ओखलढुंगा  / (रेडियो ओखलढुंगा) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको रिटको साउन २ गते मंगलबार जवाफ दर्ता गर्ने भएको छ । विहान ११ बजे रिटको जवाफ दर्ता गर्ने तयारी भएको अध्यक्ष शेर्पाका कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता हर्कबहादुर राईले जानकारी दिनुभयो । अमेरिकी नागरिकको हैसियतमा नै स्थानीय तहको निर्वाचनमा भाग लिएको भन्दै प्रतिस्पर्धी भूपेन्द्र वस्नेतले अध्यक्ष शेर्पा विरुद्ध रिट दर्ता गर्नुभएको थियो । रिटको सम्बन्धमा उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगाले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको थियो । अध्यक्ष शेर्पाले असार २१ गते म्याद बुझेको र मगलबार लिखित जवाफ पेश गर्न लागेको जनाइएको छ । अध्यक्ष शेर्पाले आफू विरुद्धको आरोप झुट्ठो रहेको दाबी गर्दै आउनु भएको छ । सबै प्रकृया पूरा गरेर नागरिकता पुनः प्राप्ती गरेको, अमेरिकी नागरिकता मौकामा त्यागेको र सोको निस्सा पेश गरेरै नागरिकता लिएको र सोही अनुरुप स्थानीय तहको निर्वाचनमा भाग लिएको बताउनुभएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top