ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

अध्यक्ष शेर्पाद्धारा लिखित जवाफ पेशः साउन १२ गते तारिख तोकियो

  • प्रकाशित मिति: ०२-साउन-२०८० १२:४६
  • रेडियो ओखलढुंगा
अध्यक्ष शेर्पाद्धारा लिखित जवाफ पेशः साउन १२ गते तारिख तोकियो

श्यारोन शेर्पा

ओखलढुंगा (रेडियो ओखलढुंगा) ।ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले आफू विरुद्धको रिटको मंगलबार लिखित जवाफ पेश गर्नुभएको छ । उच्च अदालत विराटनगर, अस्थायी इजालस ओखलढुंगामा विहान ११ बजे रिटको जवाफ पेश गर्नुभएको हो । अमेरिकी नागरिकको हैसियतमा नै स्थानीय तहको निर्वाचनमा भाग लिएको भन्दै कांग्रेसतर्फका उम्मेदवार भूपेन्द्र वस्नेतले अध्यक्ष शेर्पा विरुद्ध रिट दर्ता गर्नुभएको थियो । अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेसँगै अध्यक्ष शेर्पाले असार २१ गते म्याद बुझेको र मगलबार लिखित जवाफ पेश गरेको अध्यक्ष शेर्पाका कानूनी सल्लाहकार बरिष्ठ अधिवक्ता हर्कबहादुर राईले जानकारी दिनुभयो । लिखित जवाफ पेश गरेपछि आयोजित पत्रकार सम्मेलानमा अध्यक्ष शेर्पाले आफू विरुद्धको आरोप शतप्रतिशत झुट्ठो रहेको दाबी गर्नुभयो । सबै प्रकृया पूरा गरेर नागरिकता पुनः प्राप्ती गरेको, अमेरिकी नागरिकता मौकामा त्यागेको र सोको निस्सा पेश गरेरै पुनः नागरिकता लिएको र सोही अनुरुप स्थानीय तहको निर्वाचनमा भाग लिएको अध्यक्ष शेर्पाले पत्रकार सम्मेलनमा बताउनुभयो । शुभचिन्तक र सञ्चारकर्मीसहित अदालत पुगेका अध्यक्ष शेर्पाले मातृभूमिको सेवाका लागि आफू अमेरिकी सुखसयल त्यागेर आएको र कानूनको खिलापमा गएर काम गर्नुपर्ने कुनै कारण नरहेको प्रष्ट पार्नुभयो । खिजीदेम्बामा भएको विकास र स्थानीय सरकार सञ्चालनको फरक दृश्य देख्न र सहन गर्न नसक्नेहरुले आफू विरुद्ध अनेकन प्रपञ्च रचेर काममा अवरोध गर्ने, राजनैतिक जलजेलमा फसाउन खोज्ने गरेको समेत आरोप लगाउनुभयो । लिखित जवाफ पेश गरेसँगै अदालतले अध्यक्ष शेर्पालाई साउन १२ गते तारिख तोकेको अध्यक्ष शेर्पाका वारेस किशोर दोषी घिसिङले जानकारी दिनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top