ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

ओखलढुंगालाई दुई मन्त्रीः गौतम अर्थ, सुनुवार खानेपानी

  • प्रकाशित मिति: १७-साउन-२०८० १२:०९
  • रेडियो ओखलढुंगा
ओखलढुंगालाई दुई मन्त्रीः गौतम अर्थ, सुनुवार खानेपानी

रीता तामाङ ओखलढुंगा (रेडियो ओखलढुंगा) । कोशी प्रदेशको राजनीतिमा उथलपुथल आउँदा ओखलढुंगाका प्रदेशसभाका दुवै जना सदस्यले मन्त्री बन्ने अवसर प्राप्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन मन्त्रीको जिम्मेवारी तोक्दै प्रदेश क्षेत्र नम्बर ख का बाबुराम गौतम अर्थ र प्रदेश क्षेत्र नं. क का सदस्य प्रदीप सुनुवार खानेपानी मन्त्री बन्ने अवसर पाएका हुन् । सभामुखबाट राजीनामा दिएर सरकार गठनमा लचक बनेका गौतम आर्थिक मामिला तथा योजना मन्त्री र यसअघि सरकारको प्रवक्ताको जिम्मेवारी पाएर २१ दिनमै मन्त्री पद गुमाउनु परेका सुनुवार खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री बनेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । गौतम माओवादी र सुनुवार कांग्रेसबाट मन्त्री नियुक्त भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको १ सय ६८ को उपधारा २ अनुसार काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मङ्गलवार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । थापालाई मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादीका ४ र जसपाका १ सांसदको समर्थन रहेको छ । यसअघि सभामुखको हैसियतमा छुट्टै हस्ताक्षर लिएर सरकारको दाबी गरेर नियुक्त भएका थापालाई नियुक्ति प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतले मुख्यमन्त्री नियुक्त भएको २२ दिनमै बर्खास्त गरेको थियो । थापा यसअघि असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सर्वोच्चले साउन ११ गते बर्खास्त गरेको थियो ।


रीता तामाङ

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top