ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिकाको भडारे खोलामा शनिबार मोटरसाइकल दुर्घटनामा चालक घाइते भएका छन् । काठमाडौंबाट आउँदै गरेको टाटासुमोसँग हलेसीबाट आउँदै गरेको मोटरसाइकल दिउँसो करीव एक बजेको समयमा दुर्घटना हुँदा चालक घाइते भएको हो । बा ४४ प ७३०३ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको ना १ ज ८१७२ नम्बरको सुमोले ठक्कर दिएको थियो । घटना लगत्तै गम्भिर घाइतेलाई उदयपुरको घुर्मिस्थित जनसेवा सामुदायिक अस्पतालमा उपचार लगिएको प्रहरी चौकी हर्कपुरलाई उध्रित गर्दै घटनास्थलबाट प्रशिक्षार्थी पत्रकार किसान मगरले जानकारी दिनुभयो । घाइतेको पहिचान हुन र विस्तृत विवरण आउन बाँकी छ ।
कमेन्ट गर्नुहोस
Comment Section