ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

पिके हाइड्रोपावरलाई निर्देशनः पुनः इआईए, आइइइ गर्नू !

  • प्रकाशित मिति: २१-साउन-२०८० १२:५३
  • रेडियो ओखलढुंगा
पिके हाइड्रोपावरलाई निर्देशनः पुनः इआईए, आइइइ गर्नू !

ओखलढुंगा (रेडिायो ओखलढुंगा) पुनः इआईए, आइइइ र सार्वजनिक सुनुवाई गर्न खिजीदेम्बा गाउँपालिकाले पिके हाइड्रोपावर कम्पनीको नाममा निर्देशन जारी गरेको छ । यसअघि ६ बुँदे स्पष्टिकरण सोधिएकोमा जवाफ चित्त बुझ्दो नभएको भन्दै गाउँपालिकाले पुनः इआईए, आइइइ र सार्वजनिक सुनुवाई गर्न निर्देशन दिएको हो । खिजीदेम्बा गाउँपालिकास्थित लिखु खोलामा सञ्चालन गर्न लागेको हाइड्रोपावर आयोजनाले प्रभावित क्षेत्रको नागरिकको प्रत्यक्ष सहभागिता विना नै कागजी रुपमा सार्वजनिक सुनुवाई र प्रारम्भिक वातावणीय परीक्षण प्रतिवेदन तयार पारेको ठहर गर्दै गाउँपालिकाले पुनः इआइए, आइइइ र सार्वजनिक सुनुवाई गरेर मात्रै आयोजना अघि बढाउन निर्देश गरेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । आयोजनालाई निर्बाद्ध रुपमा सञ्चालनका लागि गाउँपालिकाले वातावरण निर्माण गरिरहेतापनि आयोजनाले नै इआए, आइइइमा केही त्रुटी भएको स्वीकार गरेको जवाफमा उल्लेख छ । कागजमात्रै प्रकृया पूरा गरेर तर प्रभावित क्षेत्रको नागरिकलाई थाहा नदिएको गाउँपालिकाको वडा नं. ३, ४ र ७ को वस्तीहरुमा भाषिक, सांस्कृतिक जैविक तथा पर्यावरणीय अध्ययन विस्तृत रुपमा नगरिएकाले पुनः इआए, आइइइ गर्न पत्रचार गरिएको हो । गाउँपालिकाले आयोजनाले विद्युत विकास विभागको शर्त अनुसार स्थानीय सरकारको कामकाजी भाषामा प्रभावित क्षेत्रको नागरिक र सरोकारवालाको पहुँच पुग्ने गरी सञ्चारमाध्यमबाट र सार्वजनिक स्थलमा सूचना टाँस गरी विधिवत रुपमा प्रारम्भिक वातावरण परीक्षण र वातावरणीय प्रभाव मूल्याङ्कन पुनः स्पष्ट रुपमा गरेर मात्रै आयोजनाको काम अघि बढाउन भनेको जनाइएको छ । प्रभावित नागरिक, आदिवासी समुदायको माग संवोधन गरी विवादरहित, सौहार्दपूर्वक आयोजना अघि बढाउन र आधिकारीक व्यक्तिबाट जवाफ पठाउन समेत हाइड्रोपावरलाई गाउँपालिकाले ताकेता गरेको छ । आयोजनाले झुक्यानमा पारेर काम गरेको भन्दै स्थानीय ५ सय ५० भन्दा बढी नागरिकले गाउँपालिका लगायत विभिन्न निकायमा ज्ञापन पत्र बुझाएको छ । त्यस्तै, संघर्ष समिति समेत गरेर आयोजना विरुद्ध दबाब सिर्जना गरिरहेको स्थानीय कमल सुनुवारले जानकारी दिनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top