ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

मानेभन्ज्याङ्गमा आँखा जाँच्ने बढ्न थाले

  • प्रकाशित मिति: २९-साउन-२०८० ९:२४
  • रेडियो ओखलढुंगा
मानेभन्ज्याङ्गमा आँखा जाँच्ने बढ्न थाले

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ–६ हिलेपानीमा रहेको स्वास्थ्य चौकीमा दैनिक आँखा जाँच गर्नेको संख्या बढ्न थालेको छ । पछिल्लो समय आँखा पाक्ने रोग फैलिएसँगै दैनिक ३ देखि ४ जनाले आँखा जाँच गर्न थालेहो हो । आँखा पाक्ने रोगको लक्षण नदेखिएपनि आँखा जाँच दैनिक रुपमा भिड लाग्ने गरेको स्वास्थ्य चौकीका अहेव करुणा राईले जानकारी दिनुभयो । एकासी एउटा अथवा दुबै आँखा रातो हुने, धेरै चिलाउने, आँसु बगिरहने, सुनिने दुख्ने, बिझाउने, घाम तथा उज्यालो प्रकाशमा हेर्न समस्या हुनेहरुले तत्काल आँखा जाँच्नु पर्ने अहेव राईकोभ भनाई छ । दैनिक रुपमा आँखा जाँच्न आउनेहरुलाई स्वास्थ्य चौकीले आँखा पाक्ने सरुवा रोग भएकाले यसबाट बच्न जथाभावी रुपमा आँखा नछुने, आँखालाई छुनु भन्दा पहिला हातलाई राम्रोसँग साबुन पानीले हात धुने सफा पानीले आँखा सफा गर्ने व्यक्तिगत सफाइमा ध्यान दिने सुझाएका छन् ।


किसन मगर

तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top