ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

लट्टेबारी टोल विकास समितिले गर्यो श्रमदान बाट सडक मर्मत

  • प्रकाशित मिति: ३०-साउन-२०८० ११:३६
  • रेडियो ओखलढुंगा
लट्टेबारी टोल विकास समितिले गर्यो श्रमदान बाट सडक मर्मत


ओखलढुंगा (रेडियो ओखलढुंगा )ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका –६ लट्टेबारिमा श्रमदान बाट सडक मर्मत गरिएको छ । लट्टेबारी टोलबिकास समितिले केही दिनको लगातार परेकोे बर्षाले गाउँपालिका बाट आउने जाने मुख्य सडक बाढी पहिरोका कारण पुर्ण रूपमा अबरुद्ध भए पछि श्रमदान बाटै सडक मर्मत गरिएको हो ।
लगातारको बर्षाले सडक अबरुद्ध भएपछि लट्टेबारि टोलबिकास समितिका अध्यक्ष गोबिन्द कुमार खत्रीको नेतृत्वमा टोल बिकास समितिका कार्यसमिति तथा सदस्य हरुको सहभागीतामा शनीबार दुई हप्ता लगाएर सडक खुलाएको अध्यक्ष खत्रीले बताउनुभयो । मुसलधारे पानी लगातार परेर सडक अबरुद्ध भए पछि सो क्षेत्रका नागरिकहरुलाई खाद्यान्न ढुवानी गर्ने समेत समस्या भएको खत्रीको भनाइ छ ।अहिले सामान्य रूपमा यातायात आवतजावत गर्ने सक्ने गरि बाटो मर्मत गरेका छ्न । श्रमदानको उचित सम्मान् गर्दै गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले धन्यवाद व्यक्त गर्नु भएको छ । श्रमदानलाई गाउँ टोलको बिकासको निम्ति निरन्तर अगाडि बढाउने लट्टेबारी टोल बिकास समितिले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top