१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

मानेभन्ज्याङमा मोटरसाईकलले ठक्कर दिँदा एक घाईते



ओखलढुंगा(रेडियो ओखलढुंगा) मानेभन्ज्याङमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा एकजना घाईते भएको छ । आज (बुधवार) ४ बजेको समयमा मानेभन्ज्याङ गाउँपालिकाको वडा नं. ४ केतुके बजार स्थित सिद्धिचरण राजमार्गबाट सदरमुकाम तर्फ आउँदै गरेको ग १३ प ४४४४ नम्वरको मोटरसाईकलले ठक्कर दिँदा पैदलयात्री ७ वर्षकि आरति तामाङ घाईते भएको हो । घाईते तामाङको बाँया गालामा चोट लागेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । घाईतेलाई उपचारको लागि मिसन अस्पताल सोवु्र पठाईएकोे निरिक्षक दासले बताउनु भयो । मोटरसाइकल चालक चितवन जिल्ला भरतपुर महानगर पालिका १० का २७ वर्षको रोशन घिमिरेलाई जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  २ : १० बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित