ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

प्रसूति पश्चात स्वास्थ्यमा समस्या देखिए पछि मानेभन्ज्याङ्गका एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार

  • प्रकाशित मिति: ०५-भाद्र-२०८० ३:०५
  • रेडियो ओखलढुंगा
प्रसूति पश्चात स्वास्थ्यमा समस्या देखिए पछि मानेभन्ज्याङ्गका एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार


ओखलढुंगा(रेडियो ओखलढुंगा) प्रसूति पश्चात स्वास्थ्यमा समस्या देखिए पछि मानेभन्ज्याङ्गका एक सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं. ८ राघपुरकी ३५ वर्षीय सुत्केरी वेदीमाया नेपालीको प्रसूति पश्चात स्वास्थ्यमा समस्या देखिए पछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत बिहान उद्धार गरिएको हो ।
सुत्केरी महिलालाई सोमबार नै काठमाण्डौं लैजाने प्रयास भएपनि सोमबार दिनभरि भएको मौसम खराबीका कारण ओखलढुङ्गामा हेलिकप्टर अवतरण गर्न नसके पछि समन्वय गरेर आज (मंगलबार) विहान राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत सुत्केरीलाई काठमाण्डौं पठाईएको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिनुभयो ।
गत शनिवार मात्र वेदीमाया जिल्ला सदरमुकाममा रहेको सामुदायिक अस्पताल सोब्रुमा सुत्केरी भएकी थिईन । प्रसूति पछि नेपालीको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताले सुत्केरीलाई काठमाण्डौं लैजानका लागि सिफारिस गरेका थिए ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top