ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

विगुटारका शिक्षकहरुलाई शिक्षक डायरीको प्रभावकारी प्रयोग सम्बन्धी तालिम

  • प्रकाशित मिति: ०७-भाद्र-२०८० २:४१
  • रेडियो ओखलढुंगा
विगुटारका शिक्षकहरुलाई शिक्षक डायरीको प्रभावकारी प्रयोग सम्बन्धी तालिम


ओखलढुंगा (रेडियो ओखलढुंगा) सिद्धिचरण नगरपालिका वडा नं.७ का शिक्षक हरुलाई २ दिने पोर्टफोलियो र शिक्षक डायरी को प्रभावकारी प्रयोग सम्बन्धी तालिम प्रदान गरिएको छ ।
७ नम्बर वडा शिक्षा समितिको आयोजना र बिगुटार माध्यमिक विद्यालयको समन्वयमा वडा भित्रका ३५ जना शिक्षकहरुलाई २ दिने पोर्टफोलियो र शिक्षक डायरी को प्रभावकारी प्रयोग सम्बन्धी तालिम प्रदान गरेको हो । नयाँ पाठ्यक्रमको एकिकृत पाठ्यक्रम कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरुको मूल्याकंन, विवरणहरु राख्न प्रयोग पोर्टफोलियो र दैनिक पाठयोजना, वार्षिक योजना ,शैक्षणिक योजनाहरु उल्लेखित शिक्षक डायरीको प्रभावकारीरुपमा प्रयोग गर्न तालिम प्रदान गरेको तालिमका सहजकर्ता तथा विगुटार माध्यमिक विद्यालयका प्रधानाध्यापक युवराज दाहालले जानकारी दिनुभयो । भदौ ५ गतेदेखि सुरु भएको कार्यशाला बुधबार सम्पन्न भएको थियो । कार्यशालामा शिक्षकहरूलाई विद्यार्थी पोर्टफोलियो तथा शिक्षक डायरी लाई कसरी भरपुर रूपमा प्रयोग गर्ने भन्ने विषयमा प्रयोगात्मक रूपमै जानकारी प्रदान गरिएको प्रधानाध्यापक दाहालले बताउनुभयो । तालिमको सहजीकरण सहायक प्रधानाध्यापक कुलप्रसाद घिमिरेले गर्नु भएको थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top