ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

व्यवसाय दर्ता गरेर सञ्चालन गर्न करदाता सेवा कार्यालय ओखलढुंगाको आग्रह

  • प्रकाशित मिति: ११-भाद्र-२०८० १:४९
  • रेडियो ओखलढुंगा
व्यवसाय दर्ता गरेर सञ्चालन गर्न करदाता सेवा कार्यालय ओखलढुंगाको आग्रह


ओखलढुंगा रेडियो ओखलढुंगा करदाता सेवा कार्यालय ओखलढुंगाले व्यवसाय दर्ता गरेर संचालन गर्न आग्रह गरेको छ ।करदाता सेवा कार्यालयले आफ्नो कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाँउपालिका बाहेकका सबैलाई व्यवसाय दर्ता गरेर संचालन गर्न अनुरोध गरिएको हो । सोमबार कार्यालयले एक सुचना जारी गर्दै आफ्नो कार्य क्षेत्र भित्र रहेका व्यवसायहरुलाई प्रचलित कानुन अनुसार दर्ता गरेर संचालन गर्न जानकारी गराएको करदाता सेवा कार्यालय ओखलढुंगाका कर अधिकृत धिरेन्द्र बस्नेतले बताउनु भयो ।
यदि कसैले सुचनाको वेवास्ता गरि संचालन गरेमा अनुगमन तथा निरिक्षणका क्रममा आयकर ऐन २०५८, नियमावली २०५९, मुल्य अभिबृद्धिकर ऐन २०५२, तथा नियमावली २०५३ र अन्त शुल्क ऐन २०५८, तथा नियमावली २०५९ साथै प्रचलित कानुन बमोजिम दण्ड जरिवाना तथा कर निर्धारण गरिने उल्लेख गरिएको छ । व्यवसाय दर्ता गरेर स्थायी लेखा नम्बर लिएर मात्र सुरु गर्न र व्यवसाय अनुसार मदिराजन्यका लागि इजाजत लिई अन्तशुल्कको टिकट लगाएको एकिन गरेर मात्र बिक्रि बितरण गर्नु पर्ने सुचनामा भनिएको छ । प्रत्येक कारोवारमा बिल लिने दिने तथा खरिद बिक्रि खाता अध्याबधिक गर्ने, कारोबार स्थलमा करपाटी तथा कर दर्ता प्रमाणपत्र राख्ने, भुक्तानी गर्न बाकी रहेको आयकर मल्य अभिबृद्धि कर , अन्तशुल्कको रकम तुरुन्त दाखिला गर्न समेत अनुरोध गरिएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top