ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

ओखलढुंगाको मानेभन्ज्याङका कृषक किभि खेतिमा आकर्षित : वार्षिकरुपमा ५ लाख सम्मको आम्दानि लिदै

  • प्रकाशित मिति: १६-भाद्र-२०८० २:३१
  • रेडियो ओखलढुंगा
ओखलढुंगाको मानेभन्ज्याङका कृषक किभि खेतिमा आकर्षित : वार्षिकरुपमा ५ लाख सम्मको आम्दानि लिदै

ओखलढुंगा (रेडियो ओखलढुंगा) ओखलढुंगाको मानेभन्ज्याङका कृषकले व्यवसायिकरुपमा किभि खेति गर्न थालिएको छ । गाउँपालिकाको वडा नं. ५ वाघपाइले डाडाँका मिलन आलेमगरले व्यवसायीकरुपमा किभि खेति गर्न थालिएको हो । सुरुवातमा नमुना परीक्षणका लागि ७० वटा विरुवा रोपेकोमा अहिले व्यवसायीक रुपमै खेति गर्न थालेका छन् । हाल किभि खेतिबाट वार्षिकरुपमा ५ लाख सम्मको हाराहारीमा आम्दानि हुने गरेको व्यवसायि मिलन आले मगरले बताए ।

सुरुमा प्याट कार्यक्रमबाट ७० बोट किभिको विरुवा २१०० हजारमा खरीद गरेकोमा हाल फर्म नै सञ्चालन गरि खेतिबाट मनग्य आम्दानी भईरहेको मगरले बताए । प्याट कार्यक्रमबाट किभि खेतिको सम्भावना र खेतिबारे आवश्यक ज्ञान हासिल गरेका मगरले पछि २०७४ देखि एक लौटि व्यवसाय गर्न ३०० बोट विरुवा ल्याएर किभिको खेति सुरु गरेको आलेले बताए । उत्पादन गरेको किभि जिल्ला भित्र नै बिक्री हुँदै आएको र माग भए अनुसार काठमाडौंमा समेत पठाउने गरेको छ ।
हाल १४ रोपनि क्षेत्रफलमा किभि खेति गरिरहेको व्यवसायी मगरले बताए ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top