२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

खिजीदेम्बामा जनता संग माओवादी विशेष रुपान्तरण अभियान सुरु




ओखलढुंगा(रेडियो ओखलढुंगा) ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा जनता संग माओवादी विशेष रुपान्तरण अभियान सुरु गरिएको छ । “घर घरमा माओवादी जनजनमा माओवादी”भन्ने नारालाई शिरोपर गर्दै अभियान सञ्चालन गरेको हो ।
गएको साउन तेस्रो हप्ता काठमाण्डौमा बसेको माओवादीको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले पार्टी र सरकारको सन्देश हरेक घरमा पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष प्रचण्डले अभियान शुभारम्भको घोषणा गरेसँगै देशभरका ६ हजार सात ४३ वडामा एकसाथ अभियान सञ्चालन अनुरुपमा शनिवार खिजीदेम्बामा पनि अभियान सञ्चालन गरिएको नेकपा माओवादी केन्द्र खिजी देम्बा गाउँपालिका गाउँ कमिटीका उपाध्यक्ष कविराज सुनुवारले जानकारी दिनुभयो । तीन चरणमा सञ्चालन गर्ने अभियानमा (हिजो)शनिबार पहिलो दिन बैठक, भेला, प्रशिक्षण, गरि अभियानको उदघाटन गरिएको गाउँ कमिटीका उपाध्यक्ष सुनुवारले बताउनुभयो । अब छिट्टै नै वडास्तरीयरुपमा अभियान सञ्चालन गर्ने तयारी रहेकोे बताउनुभयो । सत्तारुढ नेकपा माओवादी केन्द्रले केन्द्रिय स्तरबाट नै हिजोबाट सुरु गरेको अभियानका क्रममा नवीकरण र विस्तारका माध्यमबाट पार्टी सदस्यता सङ्ख्या आठ लाख पुर्याउने गरी पार्टी र जनवर्गीय सङ्गठन मोर्चाका सबै कमिटीका बैठक सम्पन्न गरी स्वचालित कमिटी तयार पारिने केन्द्रिय कार्यलयले जनाएको छ । दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जन भेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक सङ्घसंस्थासँग अन्तरक्रिया गरिने तयारी रहेको छ ।
तेस्रो चरणमा जनप्रदर्शन, जनसङ्घर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिने तयारी रहेका्े छ । यस्तै, सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा जनसमर्थन तथा ऐक्यबद्धता एवं टोलसभा गरिने तयारी रहेको केन्द्रिय कार्यलयलो जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : ५३ बजे